३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कार्ल्सबर्गले लिभरपुलसँग सहकार्यको २५ वर्ष मनाउँदै

काठमाडौँ — बेलायती फुटबल क्लब लिभरपुलसँगको सहकार्यको २५ औं वार्षिकोत्सव मनाउन कार्ल्सबर्गले उत्पादन सुरु गरेको 'द रेड हप् लिमिटेड–एडिशन' बोतल नेपालमा पनि अनावरण गरिएको छ ।

कार्ल्सबर्गले लिभरपुलसँग सहकार्यको २५ वर्ष मनाउँदै

लिभरपुल एफसीको २५ वर्ष लामो प्रशंसकहरु प्रति केन्द्रित रहेर लिमिटेड–एडिशन नेपालमा पनि ल्याइएको बताइएको छ ।

यससँगै विशेष अनुशन्धानपछि उत्पादन गरिएको भनिएको उक्त एडिशन अब नेपालमा पनि उपलब्ध हुने भएको छ ।

नेपालमा कार्ल्सबर्ग बियर उत्पादन गर्दै आइरहेको गोर्खा ब्रुअरीका उप प्रबन्ध निर्देशक श्री सुरेन्द्र सिल्वालले लिमिटेड–एडिसनका बारे भने, 'हामी लिभरपुलको भाग भएको २५ वर्ष भएको उपलक्ष्यमा क्लबसँग सम्बन्धलाई अझ गहिरो बनाउन प्रयास गरिरहेका छौं । अक्टोबरमा लन्च गरिएको विशेष बियरमा कार्ल्सबर्गको अनुसन्धान प्रयोगशालाका वैज्ञानिकहरुले विशेषरुपमा उत्पादन गरेका हब् प्रयोग गरी बनाइएको हो ।'


ब्रुअरीको कोपनहेगन ग्रीनहाउसमा विगत ३ दशकदेखि प्रदर्शित गरिरहेको लिभरपुल एफसीको म्याचको पावरफुल साउण्ड सिस्टम र ३६० भिडियो स्क्रीनको जडानले गर्दा यो अद्वितीय उत्पादन प्रक्रीया सम्भव भएको बताइएको थियो ।


गोर्खा ब्रुअरीका बजार निर्देशक वैभव शर्माले भने, 'कार्ल्सबर्ग र लिभरपुल फुटबल क्लबको सम्बन्ध खेलकुद जगतको साझेदारीहरु मध्येकै सबैभन्दा लामो साझेदारी हो । हाम्रो २५ वर्षभन्दा लामो इतिहासको यो साझेदारीमा हामी ज्यादै गौरवान्वित छौं ।'


सोही अवसरमा सन् २०१६ को डिसेम्बरमा क्रोनिक डिजिजका कारण बितेका लिभरपुलका समर्पित प्रशंसक विकास न्यौपानेलाई कार्ल्सबर्गले सम्मान गरेको थियो ।


ब्रुअरीका उप प्रबन्ध निर्देशक सिल्वालले लिभरपुलका सबै खेलाडीले हस्ताक्षर गरेको जर्सी उनको परिवारलाई प्रदान गरेका थिए । हस्ताक्षर गरिएको जर्सी लिभरपुल फुटबल क्लबले नै पठाएको थियो ।


प्रकाशित : माघ ३, २०७४ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?