कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भारतको लगातार दोस्रो हार

एएफपी

सेन्चुरियन — दक्षिण अफ्रीकाविरुद्ध जारी टेस्ट सिरिजको दोस्रो खेलमा पनि भारत पराजित भएको छ । 

भारतको लगातार दोस्रो हार

बुधबार अन्तिम दिनको खेलमा २ सय ८७ रनको लक्ष्य पछ्याएको भारत १ सय ५१ रनमा अलआउट भयो । भारत १ सय ३५ रनले हारेसँगै सिरिजमा दक्षिण अफ्रिकाले कब्जा जमाएको छ ।


डेब्यु गरिरहेका तीव्र गतिका बलर लुंगी एनगिडीले ६ विकेट लिएपछि भारतको इनिङ्स धराशायी भएको थियो । भारतका लागि रोहित शर्माले सर्वाधिक ४७ रन जोडेका थिए । मोहमद शामीले २८ तथा चेतेश्वर पुजारा र पार्थिव पटेलले समान १९ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।


तीन खेलको टेस्ट सिरिजमा दक्षिण अफ्रिकाले २-० ले अग्रता बनाएको छ । अन्तिम टेस्ट जनवरी २४ बाट जोहानेसबर्गमा सुरु हुनेछ ।

प्रकाशित : माघ ३, २०७४ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?