कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सेमिफाइनल समीकरण पूरा

हेटौंडा — राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय पुरुष हकीको बुधबार सेमिफाइनल समीकरण पूरा भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको मैदानमा जारी प्रतियोगितामा बुधबार पुरुष क्वाटरफाइनलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई २–१ गोलले हरायो ।

पश्चिमाञ्चलका रोमन राना ४१ औं र राजन नेपालले ४६ औं मिनटमा गोल गरे । मध्यमान्चलका अंकित पाठकले ३० औं मिनेटमा एक गोल फर्काए ।

पूर्वाञ्चलले मध्यपश्चिमाञ्चललाई ३–१ गोलले हराउँदै सेमिफाइनल पक्का गर्‍यो । पूर्वाञ्चलबाट सन्तोष बेस्राले १२ औं मिनेटमा एक गोल र अशोक पौडेलले ३६ र ५१ औं मिनेटमा दुई गोल गरेका थिए । मध्यपश्चिमबाट साहिल शेख ४४ औं मिनेटमा एक गोल फर्काउन सफल भए ।

महिलातर्फ पूर्वाञ्चलविरुद्ध सुदूरपश्चिमाञ्चल ३–० ले विजयी बनेको छ । सुदूरकी विमला भट्टले दुई गोल गरिन् । उनले चौथो र ३५ औं मिनेटमा गोल गर्दा विन्दु रावलले ५६ औं मिनेटमा एक गोल थपिन् । पश्चिमाञ्चल र मध्यमाञ्चलले गोलरहित बराबरीमा खेलेका थिए ।

बिहीबार पुरुषतर्फ सेमिफाइनलमा आर्मीविरुद्ध पश्चिमाञ्चल तथा सुदूरविरुद्ध पूर्वाञ्चल भिड्ने छन् ।

प्रकाशित : माघ ४, २०७४ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?