कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

आर्मी र पुलिस सेमिफाइनलमा

दाङ — राखेप च्याम्पियनसिप अन्तर्गत २८ औं पुरुष राष्ट्रिय फुटबलमा बुधबार दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब सेमिफाइनल पुगेका छन् ।

घोराहीको भरतपुर मैदानमा आर्मीले पूर्वाञ्चललाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो । आर्मीका विवेक बस्नेतले १७ औं र दीप लामाले ८८ औं मिनेटमा गोल गरेका थिए । पूर्वाञ्चलले पटक–पटक गोल प्रयास गरे पनि आर्मीका खेलाडीले त्यसलाई सफल हुन दिएन ।

तुल्सीपुरस्थित अरनिको मैदानमा पुलिस क्लबले पश्चिमाञ्चललाई ४–० ले हरायो । पुलिसको एकपक्षीय नतिजामा नीरकुमार राईले २८, सुमन लामाले ३१ र ६४ तथा भोला सिलवालले ४३ औं मिनेटमा गोल गरेका थिए ।

बिहीबार घोराहीमा आर्मी र सुदूरपश्चिम तथा तुल्सीपुरमा पुलिस र एपीएफबीच सेमिफाइनल प्रतिस्पर्धा हुँदै छ । मंगलबारको खेलबाट एपीएफ र सुदूरपश्चिम सेमिफाइनल पुगेका थिए ।

प्रकाशित : माघ ४, २०७४ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?