भक्तपुरमा अन्तरिम आदेश

काठमाडौँ — भक्तपुर जिल्ला अदालतले भक्तपुर जिल्ला फुटबल संघको माघ ४ मा हुने अधिवेशन तथा निर्वाचन नगर्नू भनी अन्तरिम आदेश जारी गरेको छ ।

भक्तपुर फुटबल क्लबका अध्यक्ष राम प्रजापतिलगायतका क्लब प्रतिनिधिले भक्तपुर जिल्ला फुटबल संघले एन्फाको निर्वाचन निर्देशिका, २०७४ विपरीत अधिवेशन बोलाएको र निर्वाचनमा योग्य क्लबहरूलाई भाग लिन वञ्चित गराएको भन्दै अदालतमा निवेदन दिएका थिए ।

उक्त निवेदनको सुनुवाई गर्दै बुधबार न्यायाधीश मातृकाप्रसाद मरासेनीको इजलासले जिल्ला फुटबल संघलाई १५ दिनभित्र लिखित जवाफ पठाउन पनि अन्तरिम आदेश जारी गरेको छ । अदालतले दुवै पक्षलाई छलफल गर्न माघ १० का लागि पेशी तोकेको छ । निर्देशिकाको दफा ७ बमोजिम जिल्ला फुटबल संघको निर्वाचन गर्न कम्तीमा ७ दिनअगावै एन्फाबाट स्वीकृत लिनुपर्नेमा संघले त्यसो गर्न नसकेको अदालतको ठहर छ ।

प्रकाशित : माघ ४, २०७४ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?