कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

रत्नजित र दीपेश विजयी

राष्ट्रिय ब्याडमिन्टन

कञ्चनपुर — सेनाका रत्नजित तामाङ र एपीएफ क्लबका दीपेश धामी ३९ औं राष्ट्रिय ब्याडमिन्टनको प्रिक्वाटरफाइनल पुगेका छन् । 

रत्नजित र दीपेश विजयी

बुधबार पुरुष एकलमा रत्नजितले मध्यमाञ्चलका दीपेश शाक्यलाई २१–७, २१–८ ले हराए । अब उनले एपीएफका नीरविक्रम देवकोटासँग खेल्ने छन् । नीरविक्रमले मध्यपश्चिमका सरोज अन्सारीलाई २१–७, २१–८ ले हराए । दीपेशले सुदूरपश्चिमका देवराज रानालाई २१–१०, २१–१० ले हराए । उनले रुकेश महर्जनसँग खेल्ने छन् । रुकेशले मध्यपश्चिमका विलाल वारिसलाई २१–९, २१–१० ले हराए ।

महेन्दनगरस्थित कभर्डहलमा आर्मीका पविन लिन्थेपल, एपीएफका साजनकृष्ण ताम्राकार, सुदूरपश्चिमका प्रिन्स दाहाल, पुलिसका दीपक बोहरा, आर्मीका प्रफुल महर्जन विजयी भई अगाडि बढेका छन् ।

महिला एकलमा आर्मीकी नङसलदेवी तामाङ मध्यमाञ्चलकी तारा आलेलाई २१–३, २१–३ ले हराएर क्वाटरफाइनल तय गरिन् । एपीएफकी शिक्षा श्रेष्ठले मध्यमाञ्चलकी श्रेया प्रधानलाई २१–९, २१–८ ले, पूर्वाञ्चलकी जेसिका गुरुङले एपीएफकी सीता राईलाई २१–१४, २१–६ ले, आर्मीकी अमिता गिरीले मध्यपश्चिमकी दुर्गा शर्मालाई २१–१४, २१–९ ले, पूर्वाञ्चलकी सुनैना मुखियाले पूर्वाञ्चलकै सीमा राजवंशीलाई २१–८, २१–१२ ले, आर्मीकी अनुमाया राईले मध्यमाञ्चलकी सोफी खत्रीलाई २१–११, २१–१९ ले, एपीएफकी शोभा गौचनले मध्यपश्चिमकी सम्झना शर्मालाई २१–१०, २२–२० ले, पूर्वाञ्चलकी नीता लम्सालले आर्मीकी रसिला महर्जनलाई २१–१७, ४–२१, २२–२० ले हराएका छन् ।

टिम इभेन्टतर्फ महिला र पुरुष दुवैको फाइनलमा एपीएफ र त्रिभुवन आर्मी क्लब पुगेका छन् । महिलातर्फ बुधबार सेमिफाइनललमा आयोजक सुदूरपश्चिमलाई २–० ले हराउँदै आर्मी फाइनल पुगेको हो । पूर्वाञ्चललाई २–० ले पराजित गरी एपीएफले पनि फाइनल पक्का गर्‍यो । पुरुषतर्फ आर्मीले नेपाल पुलिस क्लबलाई ३–० ले र एपीएफले आयोजक सुदूरपश्चिमलाई ३–० ले हराएका थिए ।

प्रकाशित : माघ ४, २०७४ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?