२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

मेसी पेनाल्टी चुक्दा बार्सिलोना पराजित

एएफपी

म्याड्रिड — स्पेनिस कोपा डेल रे अन्तर्गत बुधबार क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना एस्पान्योलसँग १-० ले पराजित भएको छ ।

मेसी पेनाल्टी चुक्दा बार्सिलोना पराजित

एस्पान्योलको घरेलु मैदानमा बार्सिलोनाले ६२ औं मिनेटमा पेनाल्टी पाएपनि मेसीले गोल गर्न नसक्दा अग्रता लिने मौका चुकायो । ८८ औं मिनेटमा ओस्कार मेलेन्डोले गोल गर्दै एस्पान्योललाई जित दिलाए ।


बुधबारै सेभियाले एट्लेटिको म्याड्रिड तथा भ्यालेन्सियाले अलाभेसलाई समान २-१ को स्कोरले हराए । दोस्रो लेग अर्को साता हुनेछ ।

प्रकाशित : माघ ४, २०७४ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?