१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

राष्ट्रिय सफ्ट टेनिस सुरु

विराटनगर — सफ्ट टेनिसको १० औं राष्ट्रिय प्रतियोगिता बिहीवार विराटनगरमा सुरु भएको छ । बैजनाथपुर रंगशाला र विराटनगर जुट मिलको कोर्टमा जारी प्रतियोगिताअन्तर्गत बिहीबार महिला एकलतर्फ पहिलो चरणका खेल भए । 

वैजनाथपुरमा डिफेन्डिङ च्याम्पियन मेघा श्रेष्ठले सुदूरपश्चिमकी भावना पनेरुलाई ४–० को सोझो सेटमा हराइन् । पूर्वाञ्चलकी श्रीया योञ्जनले मध्यपश्चिमकी विनिता जिसी र मध्यपश्चिमकी प्रीति बरालले मध्यमाञ्चलकी आयुष्मा रञ्जितलाई समान ४–० ले हराए । जुट मिलमा मध्यमाञ्चलकी चन्द्रमाया राईले सुदूरकी आश्मी धामीलाई ४–०, मध्यपश्चिमकी रितिका चौधरीले पूर्वाञ्चलकी अभिलाषा लामिछानेलाई ४–२, मध्यमाञ्चलकी सुनीरा थापाले मध्यपश्चिमकी सुमित्रा खनाललाई ४–१ र पूर्वाञ्चलकी जर्जिया चौधरीले सुदूरपश्चिमकी पूजा श्रेष्ठलाई ४–० को सेटमा हराए ।


प्रतियोगितामा पाँच क्षेत्रीय टोलीसहित दुई विभागीय टोली नेपाल पुलिस र एपीएफ क्लबको सहभागिता छ । तीनदिने प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष तथा महिला डबल्स, मिक्स डबल्स र पुरुष तथा महिला टिम इभेन्टका खेल समावेश गरिएको छ ।

प्रकाशित : माघ ५, २०७४ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?