१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

कप्तान पारस सम्मानित

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का शुक्रबार ‘प्रथम मदन भण्डारी क्रिकेट सम्मान’ बाट सम्मानित भएका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीको क्रिकेट विभागद्वारा आयोजित प्रथम क्रिकेट महोत्सवमा पारस राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भए । कप्तान पारस २५ हजार रुपैयाँसहित सम्मानित भए । 

कप्तान पारस सम्मानित

नेपाली क्रिकेटमा विशेष योगदान दिने व्यक्तित्वलाई प्रदान गरिने यस सम्मान वार्षिक रूपमा दिइने एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले जानकारी गराए । दुईदिने क्रिकेट महोत्सवमा क्रिकेटसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रपतिबाट उद्घाटित महोत्सवको पहिलो दिन राजनीतिक व्यक्तित्व, कलाकार, पत्रकार, पूर्व राष्ट्रिय एवं वर्तमान राष्ट्रिय खेलाडीसम्मिलित टोलीले मैत्री खेल खेले । यसबाहेक नेपाली क्रिकेटको ऐतिहासिक तस्बिरसहित फोटो प्रदर्शनी, क्रिकेट एकेडेमीलगायत खेल पोसाक खरिद गर्ने विभिन्न स्टलहरू राखिएको थियो ।

प्रकाशित : माघ ६, २०७४ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?