१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सन्दीप आईपीएल अक्सन सूचीमा

काठमाडौँ — नेपालका स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को १० औं संस्करणको अक्सन सूचीमा परेका छन् ।

सन्दीप आईपीएल अक्सन सूचीमा

अक्सनका लागि आवेदन दिएका १ हजार खेलाडीको सूचीबाट झन्डै ६ सयमा छोटयाउँदा सन्दीप पनि परेका हुन् ।


अक्सनको दोस्रो चरणलाई छनोटमा परेका ५ सय ७८ खेलाडीमा भारतका ३ सय ६० छन् । एसोसिएट राष्ट्रका खेलाडीमा सन्दीप र क्यानडाका विकेटकिपर हम्जा तारिक मात्र छन् । आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने आईपीएलमा एउटा टिममा ७ विदेशी खेलाडी राख्न पाउने प्रावधान छ ।


जनवरी २७ र २८ मा बेंग्लोरमा आईपीएलको अक्सन हुँदै छ । सन्दीपले एजेन्टमार्फत आफूले अक्सनमा आवेदन दिएको बताए ।


सन्दीप यसअघि बंगलादेश प्रिमियर लिगमा पनि ‘ड्राफ्ट’ मा परेका थिए । तर उनीमाथि भाउ लागेको थिएन । सन्दीप हाल विश्व क्रिकेट लिग डिभिजन २ को तयारीका लागि नेपाली राष्ट्रिय टोलीसँगै बन्द प्रशिक्षणमा छन् ।


प्रकाशित : माघ ६, २०७४ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?