कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

चेल्सीको चार गोल

एएफपी

लन्डन — चेल्सी शनिबार ब्राइटनलाई ४–० ले पराजित गरी इंग्लिस प्रिमियर लिगको अंकतालिकामा म्यानचेस्टर युनाइटेडसँगै दोसो स्थानमा रहेको छ । चेल्सी र युनाइटेड दुवैको समान ५० अंक छ, तर एक खेल कम खेलेको म्यानचेस्टर गोलभिन्नताका आधारमा अगाडि छ । 

चेल्सीको चार गोल

चेल्सीले सुरुको ६ मिनेटमा दुई गोल गर्दै ब्राइटनको मैदानमा हाबी भएको थियो । इडेन हाजार्डले तेस्रो मिनेटमा चेल्सीको खाता खोले । त्यसको तीन मिनेटपछि विलियनले १८ यार्ड टाढाबाट गोल गरेपछि घरेलु टोलीका लागि खेलमा फर्किनु कठिन बनेको थियो । त्यस बावजुद ब्राइटनले सुन्दर खेल देखाएको थियो ।

चेल्सीका गोरक्षक विली काबालेरोले रक्षक इजेक्विल सेलोटोलाई लडाए पनि रेफ्रीले पेनाल्टी दिएनन् । इजरायली टोमर हेमेदको प्रहारलाई काबालेरोले उत्कृष्ट बचाउ गरे ।


नियमित कप्तान ग्यारी केहिल, नियमित गोलरक्षक थिबाउट कुर्टिस र सेस फाब्रिगासबिनै चेल्सी मैदान उत्रिएको थियो । अझ प्रमुख स्ट्राइकर अल्भारो मोराटा र पेड्रो निलम्बनमा रहेको अवस्थामा चेल्सीले दोस्रो हाफमा पनि गोलको क्रमलाई निरन्तरता दियो ।


हाजार्डले ७७ र भिक्टोर मोसेसले ८९ औं मिनेटमा चेल्सीबाट थप दुई गोल गरे । ब्राइटनले पछिल्ला १३ खेलमा एकमात्र जित हात पारेको छ ।

प्रकाशित : माघ ७, २०७४ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?