२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

नेपाली धावकलाई हङकङमा सफलता

काठमाडौँ — गोर्खाली योद्धाको इतिहासलाई प्रदर्शन गर्नका लागि हङकङमा आयोजित साहसिक दौड ‘क्यूनेट गोर्खा ट्रेलब्लेजर’ मा नेपाली धावकहरू मीरा राई, तेन्जी शेर्पा र हुमी बुढामगरले सफलता हात पारेका छन् ।

नेपाली धावकलाई हङकङमा सफलता

तीन सय ५९ धावक सहभागी प्रतियोगितामा शनिबार मीरा १ घन्टा ८ मिनेट ६ सेकेन्डसाथ १२ किमी महिलातर्फ पहिलो भइन् । २६ किमी पुरुषतर्फ तेन्जीले २ घन्टा ४१ मिनेट ५२ सेकेन्डमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरे । हुमीले ३ घन्टा ३० मिनेट ५३ सेकेन्डसहित २६ किमी महिलातर्फ १८—२९ वर्षको स्पर्धामा सफलता हात पारेकी हुन् । उनी समग्रमा दोस्रो स्थानमा रहिन् ।


हङकङमा दुईपल्ट स्काईरनिङ एसियन च्याम्पियनसिपको उपाधि जितेकी मीराले गोर्खा ट्रेलब्लेजरमा आफ्नो स्पर्धामा ५८ जनासँग प्रतिस्पर्धा गरेकी थिइन् भने १८ वर्षीया हुमीको स्पर्धामा ६ धाविका सहभागी थिए । तेन्जीको स्पर्धामा १ सय ८३ धावक दौडिएका थिए ।


हङकङमा गोर्खाली सैनिक रहेको बेला कठिन तालमि क्षेत्र मानिएको पाट सिन लेनमा चाइल्ड वेल्फेयर स्किम र गोर्खा सेमिट्रिज ट्रष्टद्वारा संयुत्त: रुपमा क्यूनेट गोर्खा ट्रेल ब्लेजर आयोजना गरिएको थियो । पोखरा क्षेत्रका स्कुललाई सहयोग गर्न पहिलोपल्ट आयोजित यस रेसबाट १ ला ५० हजार बढी हङकङ डलर संकलन भएको जनाइएको छ ।


नेपाली समुदायलाई सहयोगको लागि गोर्खा ट्रेलब्लेजरलाई वर्षेनी सञ्चालन गर्ने आयोजक सदस्य देवराज राईले बताए ।

प्रकाशित : माघ ७, २०७४ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?