एनएसीले जित्यो भिमाद कप

दमौली — झापाको जलथल एफसीलाई २–१ ले पराजित गर्दै भिमादको एनएसीले तेस्रो भिमाद गोल्डकप फुटबलको उपाधि उचालेको छ । भिमाद रंगशालामा सोमबार फाइनलमा तेस्रो मिनेटमै झापाका सरोज कार्कीले गोल गरेर टोलीलाई अग्रता दिलाए । एनएसीबाट १८ औं मिनेटमा अञ्जन विष्टले एक गोल गर्दै खेल बराबरीमा ल्याए । 

एनएसीले जित्यो भिमाद कप

६५ औं मिनेटमा सुशील लामाले अर्को गोल थपेपछि एनएसीको जित सुनिश्चित भयो । विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट खेलाडी झापाका कर्ण लिम्बू घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार भने कर्ण र सरोज कार्कीले संयुक्त जिते । दुवैले ४–४ गोल गरेका थिए । उत्कृष्ट गोलरक्षक एनएसीका शरद बस्नेत, उत्कृष्ट मिल्डफिल्डर सुशील लामा, उत्कृष्ट डिफेन्डर सरोज दाहाल, उत्कृष्ट स्ट्राइकर झापाका सरोज कार्की भए । सबैले समान १० हजार पुरस्कार पाए ।


प्रकाशित : माघ ९, २०७४ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?