१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अष्ट्रेलियन ओपन : राम्रा खेलाडीकै बर्चस्व

नारायण खड्का

अष्ट्रेलिया — बर्षको पहिलो ग्राण्डस्लाम टेनिस अष्ट्रेलियन ओपनमा चर्चित खेलाडीहरुकै बर्चस्व रहेको छ । क्वाटरफाइनलसम्म आइपुग्दा केही पूर्व च्याम्पियनहरु बाहेक बरियतामा अग्रस्थानमा रहेका खेलाडीहरु नै प्रतिष्पर्धामा छन् ।

अष्ट्रेलियन ओपन : राम्रा खेलाडीकै बर्चस्व

यसवर्ष पूर्व विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिच दक्षिण कोरियाका २१ वर्षीय खेलाडी हुयान चुङ्गसँग चौथो चरणमै पराजित भए भने पुर्व च्याम्पियन स्टान वावरिन्का समेत बाहिरिसकेका छन् । महिलातर्फ भेनस विलियम्स, मारिया सारापोभा लगायतका चर्चित खेलाडीहरु बाहिरिसकेका छन् । तर पनि विश्वका नम्बर एक खेलाडी राफेल नाडाल, रोजर फेडेरर, मारियन सिलिच लगायतका चर्चित खेलाडीहरु प्रतिष्पर्धाकै क्रममा छन भने महिलातर्फकी नम्बर एक खेलाडी सिमोना हेलेप, क्यारोलिना प्ल्सिकोभा, क्यारोलिन वाज्नियाकी लगायतका खेलाडीहरु मैदानमै छन् ।


अष्ट्रेलियाको मेलबर्नमा पार्कमा गत एक साताअघिदेखि सुरु भएको प्रतियोगितामा यसबर्ष एण्डी मर्रे, काइ निसिकोरी, सेलेना विलियम्स लगायतका खेलाडीहरुको सहभागिता छैन् । ५५ मिलियन डलर खर्च तोकिएको यस प्रतियोगिताको एकल तर्फको विजेताले नै ४ मिलियन डलर पुरस्कार स्वरुप नगद हात पार्नेछन् भने उपविजेताले २ मिलियन डलर पाउनेछन् । १०६ औं अष्टेलियन ओपन संस्करणको रुपमा हुन लागेको प्रतियोगिताको डबल तर्फका विजेताले ७ लाख ५० हजार डलर र उपविजेताले ३ लाख ७५ हजार पाउनेछन् भने मिक्सड डबलका विजेताले १ लाख ६० हजार र उपविजेताले ८० हजार डलर पुरस्कार स्वरुप पाउनेछन् ।


यसबर्ष नोभाक जोकोभिचले प्रतियोगिताको उपाधि जित्ने धेरैले अनुमान गरेका भएपनि उनी अप्रत्यासित रुपमा चौथो चरणबाटै बाहिरिएका छन । यसवर्ष नयाँ खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरिरहेकाले समेत कसले यसबर्षको पहिलो ग्राण्डस्लामको उपाधि हात पार्ने भनेर अनुमान गर्न गाह्रो भएको विष्लेषण गरिएको छ । नाडाल, फेडेरर, प्ल्सिकोभा, हेलप लगायतका अहिलेका उच्च बरियताका खेलाडीहरुको प्रदर्शन समेत उत्कृष्ट रहेकाले उनीहरुकै हात पर्नसक्ने समेत खेल विज्ञहरुले अनुमान गरिरहेका छन् ।

प्रकाशित : माघ ९, २०७४ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?