शिवराम र रवि अघि बढ्दै

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन रवि खड्का र नेपाल नम्बर एक गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल एनपीजीए म्याच प्ले गल्फ प्रतियोगिताको पहिलो दिन मंगलबार आफ्नो खेलमा जित पाएका छन् । नेपालका शीर्ष १६ व्यावसायिक गल्फरले सहभागिता जनाउने सूर्य नेपाल गल्फ टुर २०१७–१८ को पाँचौं प्रतियोगिता राजधानीको पार–६८ रोयल नेपाल गल्फ क्लबमा तीन दिन चल्नेछ ।

शीर्ष वरीयताका गल्फर शिवरामले सबैभन्दा सहज जित दर्ता गर्ने क्रममा १६ औं वरीयताका रामकृष्ण श्रेष्ठलाई ६ होल अग्रताले हराए । पछिल्लो सिजन म्याच–प्लेको उपाधि जितेका रविले पशुपति शर्मालाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाए । दोस्रो वरीयताका सञ्जय लामाले भने अन्तिम होलसम्म पुगेको प्रतिस्पर्धामा प्रदीप लामालाई दुई होलले पराजित गरे । उनी गत संस्करणका उपविजेता हुन् ।


तेस्रो वरीयताका भुवन नगरकोटीले १४ औं वरीयताका कृष्णमान राजवाहकलाई ४ होल र पाँचौं वरीयताका सूर्यप्रसाद शर्माले ७ स्थान मुनिका विकास अधिकारीलाई अन्तिम होलअघि पराजित गरे । ११ औं वरीयताका यलम्बरसिंह अधिकारी, रामे मगर र जयराम श्रेष्ठ पनि विजयी हुँदै क्वारफाइनल पुगेका छन् ।

प्रकाशित : माघ १०, २०७४ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?