१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ओमानले नेपाललाई ६ विकेटले हरायो (अपडेट)

काठमाडौँ — नेपालले विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत दोस्रो खेलमा शुक्रबार ओमानले नेपाललाई ६ विकेटले हराएको छ ।

ओमानले नेपाललाई ६ विकेटले हरायो (अपडेट)

नेपालले प्रस्तुत गरेको १ सय ३९ रनको लक्ष्य ओमानले ४ विकेट गुमाउँदै प्राप्त गर्‍यो । विजय टोलीका लागि अकिव इल्यासले सर्वाधिक ४६ रनको योगदान गरे । नेपालका तर्फबाट सन्दीप लामिछानेले २ विकेट लिए भने बसन्त रेग्मी र सोमपाल कामीले एक/एक विकेट लिए ।


पहिलो व्याटिङ गरेको नेपाल ४६ ओभरमा १सय ३८ रनमा समेटिएको थियो । नेपालका लागि शरद भेषावकरले सबैभन्दा धेरै २२ रन बनाउँदा ओमानका कलिम उल्लाहले ४ विकेट हात पारे ।


...

अपडेट>>

बसन्त रेग्मी एलबीडब्ल्यु धरापमा परे । उनले १ रन बनाए ।

अहिले क्रिजमा शरद भेषावकर र रोहितकुमार छन् ।

ज्ञानेन्द्र मल्ल ७ रन बनाई आउट भएका छन् । कप्तान पारस खड्का क्रिजमा आएका छन् ।

...

ओमानले नेपालसँग टस जितेर पहिलो फिल्डिङ रोजेको छ ।

...

नेपालल बिहीबार पहिलो दिनको खेलमा आयोजक नामिबियामाथी १ विकेटको सनसनीपूर्ण विजय हात पारेको थियो ।


नेपालले नामिबियालाई १ सय ३८ रनमा अलआउट गरेको थियो । नेपालले ४ बल अगाडि त्यो लक्ष्य पुरा गरेको थियो । ओमान पहिलो दिनको खेलमा क्यानाडासँग ८ विकेटले पराजित भएको थियो । डिभिजन ३ जितेर आएको ओमानलाई २८ ओभर भित्र क्यानाडाले १ सय ६ रनमा अलआउट गरेको थियो ।


नेपालले ओमानसँग यसअघि खेलेको ४ खेलमा ३ मा विजय हात पारेको छ । २०१५ को पाकिस्तान भ्रमणमा खेलिएको अभ्यास खेलमा भने ओमानले नेपाललाई ३ विकेटले पराजित गरेको थियो ।


२०१९ को विश्वकपको छनोटको आधार रहेको डिभिजन २ मा ६ राष्ट्र सहभागि छन् । च्याम्पियनसिपमा शीर्ष चारमा पर्न नसकेका नेपाल, नामिबिया, केन्या र युएई सहित डिभिजन ३ बाट शीर्ष दुई बनेर आएका ओमान र क्यानाडाले नामिबियामा प्रतिस्पर्धा गर्नेछन् ।


डिभिजन २ का शीर्ष दुई टोली मार्चमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्ने छन् ।


प्रकाशित : माघ २६, २०७४ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?