टीकापुरको जित

कान्तिपुर संवाददाता

काठमाडौँ — टीकापुर क्रिकेट क्लबले खुकुरी च्यालेन्जर कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ। मूलपानी क्रिकेट मैदानमा शुक्रबार टीकापुरले बुटबल क्रिकेट ब्वाइजलाई १० रनले हरायो।

ब्याटिङ निम्तो पाएको टीकापुरले रवीन्द्रजंग शाहीको ६५ रन मदतले १ सय ३९ रन जोड्यो। कप्तान राजन शेरचनले पनि ५० रन बनाए। जवाफमा बुटवलले ६ विकेट गुमाई १ सय २९रनमात्र बनाउन सक्यो।दोस्रो खेलमा अन्तर–डिस्ट्रिक्ट स्पोर्ट्स क्लबले रौतहट राइजिङ–११ लाई ५ विकेटले पराजित गर्‍यो। रौतहटले दिएको १ सय १९ रनको लक्ष्य इन्टर डिस्ट्रिक्टले १८.५ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो। विजयी टोलीका प्रकाश जैसीले ४५, मन्जिल गुरुङले ३५ तथा सन्दीप यादवले २३ रनको योगदान दिए। टस जितेर ब्याटिङ गरेको रौतहटले ८ विकेट गुमाई १ सय १८ रनको सामान्य योगफल बनाएको थियो।

प्रकाशित : माघ २७, २०७४ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्

अनमोललाई ट्रफी

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रोग्रेसिभ एजुकेसनल फोरम (पीईएफ) द्वारा आयोजित सातौं पीईएफ स्पोर्ट्स मिटमा अनमोलज्योति स्कुल प्रथम भएको छ। सानो गौचरनमा आयोजित स्पोर्टस मिटमा कुल २४ अंकसाथ अनमोलले रनिङ सिल्ड जितेको हो। 

दुर्गा भवानी एकेडेमी २३ अंकसाथ दोस्रो भयो। मोक्षदा स्कुल र महान् सिद्धार्थ स्कुल समान १५ अंकसाथ तेस्रो स्थानमा रहे। न्यु सनसाइन (१३) र लभ्ली एन्जल्स स्कुल (१२) ले क्रमश: चौथो र पाँचौं स्थान हात पारे। प्रतियोगितामा सटपुट, लङजम्प, १०० र २०० मिटर दौड, ४०० मिटर रिले, टग अफ वार जस्ता ट्रयाक एन्ड फिल्ड इभेन्टमा ११ स्कुलका ४ सय ५० भन्दा बढी छात्रछात्राको सहभागिता थियो। विजेतालाई पीईएफका अध्यक्ष विष्णुप्रसाद पोखरेल, उपाध्यक्ष बाबुराम केसी, सचिव लम्बोदर घिमिरे, कोअर्डिनेटर नीतेश राईलगायतले पुरस्कृत गरे।

प्रकाशित : माघ २७, २०७४ ०७:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्