कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एपीएफ सेमिफाइनलमा

लक्ष्मी साह

काठमाडौँ — घरेलु मैदानमा नव जनजागृति युवा क्लब सिमरालाई २–० ले हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब शुक्रबार रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको क्वाटरफाइनल पुगेको छ। 

एपीएफ सेमिफाइनलमा

एपीएफले क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लबसँगको भेट पक्का गरेको छ। एपीएफको जितमा रवि थिङ र रञ्जन विष्टले गोल गरेका थिए। युवराज खड्कालाई ६२ औं मिनेटमा स्थानान्तरण गरेका रविले गोल गर्दै टोलीलाई अग्रता दिलाए। खेलको ७२ औं मिनटमा नवीन लामाको क्रसमा रविले दर्शनीय गोल गरेका थिए।


अन्तिम इन्ज्युरी समयमा रञ्जनले अर्को गोल थप्दै एपिएफलाई २–० को जित दिलाए। वान भर्सेज वानको स्थिति सदुपयोग गर्दै रञ्जनले गोल गरे। स्थानीय खेलाडी सहभागी नव जनजागृतिले पहिलो हाफमा एपीएफलाई कडा टक्कर दिए पनि नव जनजागृतिले गोल अवसर सिर्जना गर्न सकेन। एपीएफले पनि पाएका अवसर सदुपयोग गर्न नसक्दा अन्तिमसम्म संघर्ष गर्नुपरेको थियो।


खेलको सातौं मिनटमा एपीएफका अञ्जन विष्टको पासमा रञ्जन विष्टले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार जनजागृतिका गोलरक्षक दिलमणि चौधरीले विफल पारे। १२ औं मिनटमा युवराज खड्काको प्रहार क्रसबार माथिबाट गयो। एपीएफका रुपबहादुर लामाको पासमा युवराजले बक्सभित्रै पाएको अवसर सदुपयोग गर्न सकेनन्।


खेलको १७ औं मिनटमा एपीएफका रञ्जनले अर्को अवसर गुमाए। नवीन लामाको क्रसमा बक्सभित्रैबाट रञ्जनले गरेको शसक्त प्रहार पोस्ट नजिकबाट बाहिरियो। खेलको ४६ औं मिनटमा अञ्जनले पेनाल्टी अवसर गुमाए। जनजागृतिका डिफेन्डर लोकेन्द्रबहादुर कार्कीले अञ्जनलाई पेनाल्टी बक्सभित्र फाउल गरेपछि एपीएफले पेनाल्टी हान्ने अवसर पायो। त्यसमा अञ्जन गोल गर्न चुके। उनको पेनाल्टी प्रहार पोस्ट नजिकबाट बाहिरियो।


नव जनजागृतिले पनि केही अवसर गुमायो। खेलको तेस्रो मिनटमा विवेक चौधरीले पेनाल्टी एरियामा पाएको अवसर खेर फाले। चतुर्धन चौधरीको पासमा विवेकले पेनाल्टी एरियामा पाएको अवसर सदुपयोग गर्न सकेनन्। ३१ औं मिनटमा विवेक चौधरीको क्रसमा पेनाल्टी एरियामा पाएको अर्को अवसर सागर चौधरीले खेर फाले।


वान भर्सेज वानको स्थितिमा विवेकको क्रस बल सागरले सम्हाल्न नसक्दा एपीएफका गोलरक्षक राजु नगरकोटीले बचाउ गरे। ८९ औं मिनेटमा जनजागृतिका विशान्त तामाङले बराबरी गोल गर्ने मौका गुमाएका थिए। सुनील राउतको पासमा पेनाल्टी बक्सभित्रैबाट विशान्तले गरेको प्रहार एपीएफका गोलरक्षकले बचाए। म्यान अफ द म्याच एपीएफका रञ्जन विष्ट घोषित भए। शनिबार आयोजक ‘सेतो’ र मोरङबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित : माघ २७, २०७४ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?