कोटिन्होले खोले गोलको खाता

काठमाडौँ — फिलिप कोटिन्होले बेन्चबाट मैदान प्रवेश गर्दै क्लबका लागि आफ्नो पहिलो गोल गरेपछि बार्सिलोनाले बिहीबार राति भ्यालेन्सियालाई २–० ले हरायो। यो जितपछि बार्सिलोना कोपा डेल रेको फाइलन प्रवेश गर्न सफल रह्यो। 

कोटिन्होले खोले गोलको खाता

कोटिन्होले सेमिफाइनल दोस्रो लेगको ४९ औं मिनेटमा गोल गरे। उनी दोस्रो हाफमा मात्र मैदानमा छिरेका थिए। उनी जनवरीमा कीर्तिमानी १९ करोड २० लाख डलरमा लिभरपुलबाट बार्सिलाना आएका हुन्।


खेल सकिन आठ मिनेटअगाडि इभान राकटिकले दोस्रो गोल गरे। डिफेन्डिङ च्याम्पियन बार्सिलोना

कोपा डेल रेको फाइनल पुगेको यो लगातार पाँचौंपल्ट हो। त्यसमध्ये उसले पछिल्लो तीन सिजन उपाधि जितेको छ। ‘बार्सिलोनाका लागि पहिलो फाइनल खेल्न पाउने अवसर छ, त्यसैले आजको जित र गोल विशेष रह्यो,’ ब्राजिली खेलाडी कोटिन्होले पछि प्रतिक्रिया दिए। अब उपाधि भिडन्तमा बार्सिलोनाले सेभियाको सामना गर्नेछ। सेभियाले यसअघि फाइनल पुग्न लेगानेसलाई पन्छाएको थियो।


प्रकाशित : माघ २७, २०७४ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?