नेपाल विश्वकप छनोटमा प्रवेश, जितमा करण नायक

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व क्रिकेट लिग डिभिजन २ को लिग चरण अन्तर्गत अन्तिम खेलमा क्यानाडालाई १ विकेटले पराजित गर्दै नेपालले आईसीसी विश्वकप छनोटमा स्थान बनाएको छ।

नेपाल विश्वकप छनोटमा प्रवेश, जितमा करण नायक

क्यानाडाले प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य नेपालले ९ विकेट गुमाउँदै अन्तिम बलमा प्राप्त गर्यो ।

करण केसीले ३१ बलमा नटआउट ४२ रन प्रहार गरेपछि नेपाल जितसम्म पुगेको थियो। सन्दीप लामिछाने ५ रनमा नटआउट रहे।

नेपालका लागि ओपनर दिलीप नाथले ४१ तथा आरिफ शेखले २६ र रोहित कुमार पौडेलले २७ रन बनाए ।

त्यसअघि स्रिमान्था विजरत्नेले नटआउट १ सय ३ रन प्रहार गरेपछि क्यानाडाले ५० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९४ रन जोडेको थियो ।


प्रकाशित : फाल्गुन २, २०७४ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?