कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जावलाखेल र फ्रेन्ड्स विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — इन्डिजिनस फुटबल क्लब, आयोजक जावलाखेल युथ क्लब भेट्रान्स, ब्रिटिस गोर्खा, जोरपाटी फुटबल क्लब र फ्रेन्ड्स क्लबले शुक्रबार दोस्रो रुस्लान जावलाखेल कप नाइन ए साइड भेट्रान फुटबलमा विजयी सुरुआत गरेका छन् । 

जावलाखेल फुटबल मैदानमा इन्डिजिनसले फ्रेन्ड्स अफ सेन्ट जेभियर्सलाई २–० ले हरायो । म्यान अफ द म्याच सवडोङ तामाङ र चन्द्रश्याम डंगोलले गोल गरे । जावलाखेल भेट्रान्सले नरेश थापा र सुन्दर थापाको गोलमा काभ्रेमाथि २–१ को जित पायो । काभ्रेबाट बाबी ताउजलले गोल फर्काए ।


ब्रिटिस गोर्खाले तारकेश्वर फुटबल क्लबलाई ४–० ले हराउदा म्यान अफ द म्याच वासु गुरुङले

ह्याट्रिक र खिम श्रेष्ठले एक गोल गरे । सिमरा भेट्रान्सविरुद्ध जोरपाटी पेनाल्टी सुटआउटमा ३–१ ले विजयी भयो । दुवैले २–२ को बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुग्यो । जोरपाटीका रमेश लामा र नारायण मानन्धर तथा सिमराका सुरेश श्रेष्ठ र रुपेन्द्र लालचनले गोल गरे । रविन व्यञ्जनकारको एकमात्र गोलमा फ्रेन्ड्सले सानो गौचरन नाइट किंग्स क्लबलाई १–० ले हरायो ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?