कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

नाइटिङ्गेल सफल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रथम ओमेगा अन्तरकलेज नकआउट क्रिकेटमा शुक्रबार आयोजक ओमेगा र नाइटिङ्गेल विजयी भएका छन् । ओमेगाले युनिग्लोबलाई ४ विकेट र नाइटिङ्गेलले कामद कलेजलाई २० रनले पराजित गरे ।

पुल्चोक क्याम्पस मैदानमा टस जितेको युनिग्लोबले ९ विकेट गुमाई १ सय १३ रन बनायो । राकेश तामाङले ३४ बलमा ३३ र नीरजपाल सिंह ठकुरीले २७ बलमा २२ रन बनाए । ओमेगाले १६.२ ओभरमा लक्ष्य पूरा गर्‍यो । खडक बोहराले ३३ बलमा ४२ रन बनाए । सागर ढकाले ४ ओभरमा १ मेडन राख्दै १४ रन खर्चेर ३ विकेट लिए ।


अर्को खेलमा टस हारेर ब्याटिङमा आएको नाइटिङ्गेलले ७ विकेट गुमाई १ सय ३७ रन बनायो । टोलीबाट विपिन आचार्यले ३७ बलमा ३० र अश्चल चौधरीले २४ बलमा १९ रन बनाए । कामदले ७ विकेट गुमाई १ सय १६ रनमात्र बनाउन सक्यो ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?