पदकधारी सम्मानित

कान्तिपुर संवाददाता

काठमाडौँ — बनेपा नगरपालिका काभ्रे र मोर्डन कलेज भक्तपुरले तेक्वान्दो आईटीएफ नेपालका पदक विजेता ५ खेलाडीलाई सम्मान गरेका छन् ।

पदकधारी सम्मानित

तेक्वान्दो आईटीएफ नेपालको संयोजनमा शुक्रबार राजधानीमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका सस्मन बस्नेतसहित बिबिका बस्नेत, आशिष थापा, शान्तकुमार थापामगर र निशान्त लामिछाने सम्मानित भए । सस्मनलाई नगरपालिका र कलेजले २०–२० हजार रुपैयाँ प्रदान गरे । मोर्डनले उनलाई कक्षा ११ र १२ का अध्ययन गर्न शतप्रतिशत छात्रवृत्तिसमेत प्रदान गरेको छ । अन्य चारले पनि छात्रवृत्तिसहित सम्मान थापे ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?