कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रोहितको टिम प्रेसिडेन्ट कप च्याम्पियन

राजु घिसिङ

काठमाडौँ — नेपाली फुटबलर रोहित चन्दको टिमले शनिबार पर्सिजा जकार्ताले इन्डोनेसियाको प्रेसिडेन्ट कपको उपाधि जितेको छ ।

रोहितको टिम प्रेसिडेन्ट कप च्याम्पियन

इन्डोनेसियन राजधानीमा सम्पन्न फाइनलमा बाली युनाइटेडलाई ३–० ले हराएर पर्सिजा पहिलोपल्ट कप च्याम्पियन भएको हो ।


क्रोएसियन फरवार्ड मार्को सिमिचले दुई गोल गरे । उनले रोहितले उपलब्ध गराएको बललाई ‘बाइसाइकल किक’मार्फत् दोस्रो गोल गरेका थिए । एक महिना चलेको प्रतियोगिताको समूह चरणमा बालीद्वारा ३–२ ले पराजित गरेको बदला पनि पर्सिजाले फाइनलमा लियो । पहिलो रोजाईबाट नियमित खेल्दै आएका उनी फाइनलमा ८६ मिनेट मैदानमा रहे ।


रोहितले चोटको कारण वुधबार एएफसी कप २०१८ को पहिलो खेल गुमाएका थिए । त्यसमा मलेसियान क्लब जोहर दरुल ताजिमले पर्सिजालाई ३–० ले हराएको थियो । एएफसी कपको समूह ‘एच’मा रहेको पर्सिजाले ‘होम एन्ड अवे’को आधारमा भियतनामको सोङ लाम ङे आन र सिंगापुरको टेम्पाइन्स रोभर्ससँग पनि प्रतिस्पर्धा गर्नेछ ।


प्रेसिडेन्ट कपअघि पर्सिजाले प्रि–सिजनको प्रतियोगिताको रुपमा मलेसियामा सञ्चालित सुपर कपको पनि उपाधि जितेको थियो । सुपर कपमा मलेसिया, इन्डोनेसिया र थाइल्यान्डका चार क्लबले राउन्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरेका थिए ।


प्रेसिडेन्ट कप इन्डोनेसियन फुटबलमा लिगअघिको प्रतियोगिता हो । त्यहाँको सबभन्दा ठूलो घरेलु फुटबल ‘लिग वान’ मार्चमा सुरु हुदैछ ।


सहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब मछिन्द्रबाट करिअर सुरु गरेका रोहितले त्यसपछि भारतको आई लिग क्लब हिन्दुस्तान एरोनटिक्स हुदै इन्डोनेसियाको पीएसपीएस पेकनबरु पुगेका थिए । सन् २०१३–१५ मा पर्सिजा जकार्ताबाट खेलेपछि उनी मलेसियाको टि–टिम, नेपालकै मनाङमस्र्याङदी हुदै पुन: पर्सिजा पुगेका हुन् ।

प्रकाशित : फाल्गुन ५, २०७४ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?