१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५
खेलकुद

Sports News of Nepal

युनाइटेडको जितमा लुकाकु नायक

इंग्लिस एफए कपअन्तर्गत शनिबार म्यानचेस्टर युनाइटेडले हडर्सफिल्ड टाउनलाई २-० ले पराजित गरेको छ । युनाइटेडको जितमा दुवै गोल रोमेलु लुकाकुले गरे । उनले खेलको तेस्रो र ५५ औं मिनेटमा गोल गरे ।

युनाइटेडको जितमा लुकाकु नायक

आर्मीको जित

विनोद महर्जनले उत्कृष्ट खेल पस्कँदै ट्रिपल–डबलको प्रदर्शन गरेपछि त्रिभुवन आर्मी क्लबले क्वीक्स बास्केटबल लिगको शनिबार उद्घाटन खेलमा जित पाएको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आर्मीले विशाल मिलन केन्द्र (बीएमके) लाई ८७–७३ स्कोरले हराउँदै ३ अंक जोड्यो ।

आर्मीको जित

विकास रनिङ सिल्ड यसै साता

नारायणगढ क्याम्पाचौरमा बिहीबारदेखि १३ औं टुबोर्ग विकास सिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । विकास सिल्ड समितिले आयोजना गर्ने प्रतियोगितामा एक भारतीय क्लबसहित १२ टोलीले भाग लिने छन् ।

विकास रनिङ सिल्ड यसै साता

आर्मीले जित्यो सिमरा गोल्डकप

त्रिभुवन आर्मी क्लबले रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको उपाधि उचालेको छ । सिमरा रंगशालामा शनिबार फाइनल थ्रीस्टार क्लबलाई २–० ले पराजित गर्दै आर्मीले दोस्रोपल्ट सिमरा गोल्डकप जितेको हो । २०७१ सालमा छैंटौं संस्करण च्याम्पियन आर्मीले ५ लाख रुपैयाँ पुरस्कार जितेको छ । 

आर्मीले जित्यो सिमरा गोल्डकप

तीर्थ र कान्छीमायालाई उपाधि

नेपाल आइस धरान रनअन्तर्गत छैटौं नेवा च्यारिटी रनको पुरुषतर्फ तीर्थ पुन र महिलातर्फ एपिएफकी कान्छीमाया कोजु च्याम्पियन भएका छन् । धरानमा भारतीय सेनामा कार्यरत बाग्लुङका तीर्थले ह्याट्रिक उपाधि जितेका छन् । कान्छीमाया पहिलोपल्ट धरान रनमा स्पर्धा गरेकी हुन् । 

तीर्थ र कान्छीमायालाई उपाधि

एपीएफ र पुलिस क्लब भिड्दै

एपीएफ क्लब पाँचौं प्रधानमन्त्री कप महिला भलिबलमा शनिबार सेमिफाइनल पुगेका छन् । नेपालगन्जस्थित कभर्डहलमा भएको अन्तिम लिग खेलमा एपीएफले आयोजक न्यु इन्द्रेणी बागेश्वरी युथ क्लबलाई ३–० को सोझो सेटमा हरायो ।

एपीएफ र पुलिस क्लब भिड्दै

बालुवाटारलाई खुकुरी कप

बालुवाटार क्रिकेट क्लबले प्रतिस्पर्धात्मक फाइनलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) लाई ८ रनले हराउँदै खुकुरी च्यालेन्जर कप ट्वान्टी–२० को उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको बालुवाटारले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन जोड्यो । बालुवाटारले ३ लाख र केसीटीसीले १ लाख रुपैयाँ पुरस्कार पाए ।

बालुवाटारलाई खुकुरी कप

पेन्टागन विजयी

ओमेगा अन्तरकलेज ट्वान्टी–२० क्रिकेटमा शनिबार पेन्टागन कलेज र मध्यरौतहट बहुमुखी क्याम्पसले जित दर्ता गरेका छन् । पुल्चोक क्याम्पस मैदानमा पेन्टागनले नाइटिङ्गेल कलेजलाई २५ रनले हरायो ।

पेन्टागन विजयी
फाल्गुन ५, २०७४

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, एयरपाेर्टमा स्वागत

आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली आज साँझ स्वदेश फर्किएको छ ।

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, एयरपाेर्टमा स्वागत

धरान रनमा पुन र कोजु प्रथम

धरानमा शनिबार सम्पन्न नेपाल आईस धरान रन छैटौं नेवा च्यारिटी ८ के रनको पुरुषतर्फ तीर्थ पुन र महिलातर्फ एपिएफकी २००४ कि एथेन्स ओलम्पियन कान्छिमाया कोजु प्रथम भएका छन् । 

धरान रनमा पुन र कोजु प्रथम

कर्माछिरिङ र मणि भिड्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) को १४ चैतमा हुने निर्वाचनमा अध्यक्ष पदका लागि कर्माछिरिङ शेर्पा र मणि कुँवरबीच प्रतिस्पर्धा हुने भएको छ ।

कर्माछिरिङ र मणि भिड्ने

ब्याटिङ परामर्शदातामा पटवाल

विश्वकप छनोट क्रिकेटका लागि भारतका उमेश पटवाल नेपालको ब्याटिङ परामर्शदाताका रूपमा आउने भएका छन् । उनी मंगलबार काठमाडौं आउने र लगत्तै नेपाली टोलीसँग विश्वकप छनोटलाई जिम्बावे जाने छन् । 

ब्याटिङ परामर्शदातामा पटवाल

मध्यक्रमका आशा

उमेर समूहमा लगातार प्रभावशाली प्रदर्शन गर्दै राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाउन सफल युवा रोहितकुमार पौडेलका बितेको केही दिन सपनाभन्दा कम रहेन । राष्ट्रिय टोलीमा परेको पहिलो प्रतियोगितामै डेब्यू गरेका रोहित नेपालका नायक साबित भए ।

मध्यक्रमका आशा

एकैसाता दुई ठूला प्रतियोगिता

फुटबलमा पश्चिम क्षेत्रकै प्रतिष्ठित तिलोत्तमा गोल्डकप फुटबलको २० औं संस्करण र मोफसलकै ठूलो राशिको मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिता एकै साता बुटवलमै हुने भएको छ । 

एकैसाता दुई ठूला प्रतियोगिता

आर्मी र थ्रीस्टारको होड

रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको उपाधिका लागि ए डिभिजनका त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबीच शनिबार सिमरा रंगशालामा भिडन्त हुँदै छ । आर्मी पूर्व विजेता टोली हो भने रुस्लान थ्रीस्टार पहिलोपल्ट उपाधि भिडन्तमा पुगेको छ । 

आर्मी र थ्रीस्टारको होड

नाइटिङ्गेल सफल

प्रथम ओमेगा अन्तरकलेज नकआउट क्रिकेटमा शुक्रबार आयोजक ओमेगा र नाइटिङ्गेल विजयी भएका छन् । ओमेगाले युनिग्लोबलाई ४ विकेट र नाइटिङ्गेलले कामद कलेजलाई २० रनले पराजित गरे ।

नाइटिङ्गेल सफल

जावलाखेल र फ्रेन्ड्स विजयी

इन्डिजिनस फुटबल क्लब, आयोजक जावलाखेल युथ क्लब भेट्रान्स, ब्रिटिस गोर्खा, जोरपाटी फुटबल क्लब र फ्रेन्ड्स क्लबले शुक्रबार दोस्रो रुस्लान जावलाखेल कप नाइन ए साइड भेट्रान फुटबलमा विजयी सुरुआत गरेका छन् । 

जावलाखेल र फ्रेन्ड्स विजयी

बास्केटबल लिग आजबाट

नेपाली बास्केटबल इतिहासमै सर्वाधिक पुरस्कार राशिको क्विक्स बास्केटबल लिग शनिबार सुरु हुँदै छ । गैरसरकारी संस्था प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पीडीसीएन) को आयोजनामा हुने प्रतियोगितालाई चौधरी ग्रुपको दुई उत्पादनले प्रायोजन गरेको छ । आठ टोलीको सहभागिता रहने प्रतियोगिता होम एन्ड अवे प्रणालीमा कुल ६० खेल खेलिनेछ ।

बास्केटबल लिग आजबाट