कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

पेन्टागन विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — ओमेगा अन्तरकलेज ट्वान्टी–२० क्रिकेटमा शनिबार पेन्टागन कलेज र मध्यरौतहट बहुमुखी क्याम्पसले जित दर्ता गरेका छन् । पुल्चोक क्याम्पस मैदानमा पेन्टागनले नाइटिङ्गेल कलेजलाई २५ रनले हरायो ।

पेन्टागनले प्रस्तुत गरेको १ सय ३० रनको लक्ष्य पछयाउने क्रममा नाइटिङ्गेल १ सय ५ रनमा अलआउट भयो । दोस्रो खेलमा मध्यरौतहटले आयोजक ओमेगा कलेजमाथि ८ विकेट विजय पायो । ओमेगाले दिएको १ सय १२ रनको लक्ष्य रौतहटले १९ औं ओभरमा भेटेको थियो ।


प्रकाशित : फाल्गुन ६, २०७४ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?