कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बालुवाटारलाई खुकुरी कप

कान्तिपुर संवाददाता

काठमाडौँ — बालुवाटार क्रिकेट क्लबले प्रतिस्पर्धात्मक फाइनलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) लाई ८ रनले हराउँदै खुकुरी च्यालेन्जर कप ट्वान्टी–२० को उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको बालुवाटारले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन जोड्यो । बालुवाटारले ३ लाख र केसीटीसीले १ लाख रुपैयाँ पुरस्कार पाए ।

बालुवाटारलाई खुकुरी कप

सुस्त गतिमा इनिङ्स सुरुआत गरेको बालुवाटारलाई मध्यक्रमका ब्याट्सम्यानले आक्रामक ब्याटिङले राम्रो स्कोरसम्म पुर्‍यायो । ओपनर प्रनीत थापामगरले २८ बलमा २७ तथा सुमन उदयले २० बलमा ९ रन जोडेका थिए । पृथु बाँस्कोटाले २३ बलमा ३ चौका मदतमा २५ रन जोड्दै लगातार रन गति बढाए । अमरसिंह राउटेला र सोनु तामाङले आक्रामक ब्याटिङ गरेपछि बालुवाटारले राम्रो स्कोर खडा गर्‍यो । अमरले १८ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३३ रन जोडे । सोनुले समान २ चौका र छक्का मदतमा ९ बल खेल्दै २३ रन बनाए । केसीटीसीका सुमित झाले दुवै आक्रामक ब्याट्सम्यानलाई बोल्ड गर्दै कुल ३ विकेट लिएका थिए ।


जवाफमा केसीटीसीले ६ विकेट गुमाई १ सय ४३ रनमात्र जोड्न सक्यो । केसीटीसीका ब्याट्सम्यानले राम्रो सुरुआत लिए पनि त्यसलाई ठूलो स्कोरमा बदल्न नसक्दा टोलीले लक्ष्य प्राप्त गर्न सकेन । ओपनर सुधीर चौधरी (१२) सँगै शीर्षक्रमका सुमित महर्जन (१९) र दुर्गेश थापा (२१) ले ठूलो स्कोर बनाउन नसक्दा केसीटीसी पछि परेको थियो । आदील खानले ३२ बलमा ३२ रन जोडेपनि तल्लोक्रमका ब्याट्सम्यानले ठुलो सट खेल्न सकेनन् । कप्तान सञ्जय बस्नेत १३ बलमा ८ रन जोड्दै आउट हुँदा सन्तोष पौडेल र नन्दन यादव समान ८–८ रनमा नटआउट रहे । केसीटीसीको मध्यक्रम ध्वस्त पारेका अविनाश बस्याल प्लेयर अफ द म्याच चुनिए ।


बालुवाटारका क्षितिज सिंह प्लेयर अफ द सिरिज भए । १२ विकेट लिएका उनले २० हजार पुरस्कार थापे । उत्कृष्ट ब्याट्सम्यानमा टीकापुरका रवीन्द्रजंग शाही चुनिए । ४ खेलमा २ सय ५८ रन बनाए । उत्कृष्ट बलरमा आर्मीका अविनाश बोहरा (४ खेल, १० विकेट) र उदीयमान खेलाडीमा जीएचसीएका सागर ढकाल (५ खेल, १० विकेट) चुनिए । उनीहरूले समान १० हजार रुपैयाँ पाए ।

प्रकाशित : फाल्गुन ६, २०७४ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?