१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

एपीएफ र पुलिस क्लब भिड्दै

प्रधानमन्त्री कप भलिबल
ठाकुरसिंह थारु

नेपालगन्ज — एपीएफ क्लब पाँचौं प्रधानमन्त्री कप महिला भलिबलमा शनिबार सेमिफाइनल पुगेका छन् । नेपालगन्जस्थित कभर्डहलमा भएको अन्तिम लिग खेलमा एपीएफले आयोजक न्यु इन्द्रेणी बागेश्वरी युथ क्लबलाई ३–० को सोझो सेटमा हरायो ।

एपीएफ र पुलिस क्लब भिड्दै

एपीएफले समूह ए को विजेता हैसियतमा सेमिफाइनलमा स्थान बनाएको हो । वुमन अफ द म्याच सरस्वती चौधरीले उत्कृष्ट प्रदर्शन गरिन् । उनको योगदानले एपीएफले २५–१२, २५–१४, २५–९ को नतिजा निकालेको छ । आयोजक टिम पहिलो खेलमा बंगलादेशको इफाटसँग पराजित भएको थियो । समूह ‘ए’ बाट एक खेल जितेको बंगलादेशी टोलीले अन्तिम चारमा स्थान बनाएको छ ।


शिवम् न्यु डायमन्ड एकेडेमी शनिबार भारतको देहरादुन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराउँदै समूह विजेता हुँदै सेमिफाइनल पुगेको छ । क्वीक स्पाइकर ललिता नाथ वुमन अफ द म्याच भइन् । न्यु डायमन्डले सहजै २५–८, २५–९, २५–४ को नतिजा निकाल्यो । नेपाल पुलिससँग पनि सोझो सेटमा हार बेहोरेको देहरादुन प्रतियोगिताबाट बाहिरिँदा पुलिसले उपविजेता भएर सेमिफाइनलमा स्थान बनायो ।

आइतबार सेमिफाइनलमा एपीएफ र पुलिस भिड्ने छन् भने न्यु डायमन्डको भेट बंगलादेशी टोली इफाटसँग हुनेछ ।

प्रकाशित : फाल्गुन ६, २०७४ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?