१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तीर्थ र कान्छीमायालाई उपाधि

प्रदीप मेन्याङबो

धरान — नेपाल आइस धरान रनअन्तर्गत छैटौं नेवा च्यारिटी रनको पुरुषतर्फ तीर्थ पुन र महिलातर्फ एपिएफकी कान्छीमाया कोजु च्याम्पियन भएका छन् । धरानमा भारतीय सेनामा कार्यरत बाग्लुङका तीर्थले ह्याट्रिक उपाधि जितेका छन् । कान्छीमाया पहिलोपल्ट धरान रनमा स्पर्धा गरेकी हुन् । 

तीर्थ र कान्छीमायालाई उपाधि

८ किलोमिटर दूरी तीर्थले २६ मिनेट ४६ सेकेन्डमा पूरा गरेका थिए । आर्मीका हरि रिमाल २७ मिनेट १२ सेकेन्ड र टीकाराम कटुवालले २७ मिनेट १३ सेकेन्डबाट दोस्रा र तेस्रा भए ।


महिलामा धादिङकी सन्तोषी श्रेष्ठले ३२ मिनेट ३ सेकेन्डबाट दोस्रो भइन् । एपीएफकी फुलमती राना ३२ मिनेट ४६ सेकेन्डबाट तेस्रो भए । दुवैतर्फ विजेताले ४० हजार, उपपिवजेताले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार पाए ।


यू–१६ मा ब्वाइजतर्फ प्रकाश कठायत, समिर महरा र नारायण सुब्बा तथा गल्र्सतर्फ सिर्जना राई, अमृता भण्डारी र बन्दना बुढा शीर्ष तीन स्थानमा विजयी भए । उनीहरूले ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाए । १२ वर्षमुनि ब्वाइजमा जुम्लाका विकास बुढा, बरदान राई र दीपेश राई तथा गल्र्समा अनुजा प्रधान, विपासा राई र समीक्षा राई शीर्ष तीन स्थानमा विजयी हुँदै क्रमश: ७ हजार, ५ हजार र ३ हजार पुरस्कार जित्न सफल भए ।


४० वर्षमाथि भेट्रानको पुरुषतर्फ निर्मल राई, मोहन सुब्बा र राम तामाङ तथा महिलामा रीता राई, गंगा गुरुङ र धनमाया योङहाङ क्रमश: पहिलो, दोस्रो र तेस्रो भए । उनीहरूले ७, ५ र ३ हजार पुरस्कार पाए ।

सुपर भेट्रानमा ६९ वर्षीय धरानकै मनमोहन पालिखे विजेता भए । धरान रनमा ५३ सार पूरा गरेकी सिवानी देव र ५२ साता पूरा गरेका सुप्रभात राईलाई रनर अफ द इयरबाट पुरस्कृत गरियो । तीनपल्ट एभरेस्ट म्याराथनमा स्वर्ण जितेका जुम्लाका पूर्व धावक हरि रोकायलाई सम्मानित गरियो । विजेतालाई पूर्व धावक रोकाय, एथलेटिक्स एसोसिएसनका पूर्व अध्यक्ष रघुराज कोन्त, धरान रनका संस्थापक अध्यक्ष सन्तोष राई, धरान रन समूहका अध्यक्ष रोमु राई लगायतले पुरस्कृत गरे ।


धरान रनमा २ हजार ५ सय धावकधाविकाले प्रतिस्पर्धा गरेका थिए । धरान रनबाट संकलित रकमले १५ विद्यार्थीलाई छात्रवृत्ति दिने लक्ष्य लिएको धरान रनका अध्यक्ष रोमु राईले बताए । यसअघि धरान रनबाट संकलित ४ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । दृष्टि नेपालले बनाउँदै गरेको ह्याप्पी होमका लागि १ लाख ७७ हजार रुपैयाँ प्रदान गरेको छ ।


धरान पोजेटिभ समूहका संक्रमित बालबालिकाको शिक्षाका लागि १ लाख ५० हजार रुपैया प्रदान गरेको छ । क्यान्सर पीडितलाई २ लाख रुपैया, शिक्षाका लागि अक्षयकोष खडा २ लाख ५० हजार रुपैयाँ स्थापना गरेको छ । यसपल्ट बाँकी रकम नेवा च्यारिटी स्वास्थ्य कोष बनाउने तयारीसाथ महिला तथा बालबालिकालक्षित गर्दै कोष स्थापना गर्ने संस्थापक अध्यक्ष सन्तोष राईले बताए ।

प्रकाशित : फाल्गुन ६, २०७४ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?