कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्मीले जित्यो सिमरा गोल्डकप

लक्ष्मी साह

बारा — त्रिभुवन आर्मी क्लबले रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको उपाधि उचालेको छ । सिमरा रंगशालामा शनिबार फाइनल थ्रीस्टार क्लबलाई २–० ले पराजित गर्दै आर्मीले दोस्रोपल्ट सिमरा गोल्डकप जितेको हो । २०७१ सालमा छैंटौं संस्करण च्याम्पियन आर्मीले ५ लाख रुपैयाँ पुरस्कार जितेको छ । 

आर्मीले जित्यो सिमरा गोल्डकप

उपविजेता थ्रीस्टारले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । आर्मीलाई उपाधि दिलाउने क्रममा दिनेश हेम्जन र नवयुग श्रेष्ठले गोल गरे । खेलको ५८ औं मिनेटमा दिनेशले आर्मीलाई अग्रता दिलाएका थिए । त्यसमा ७४ औं मिनेटमा नवयुगले गोल थपेका थिए । म्यान अफ द म्याच त्रिभुवन आर्मीका सन्तोष तामाङ घोषित भए ।


विजेतालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठ, बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर, आयोजक क्लबका अध्यक्ष कसिम मियाँलगायतले पुरस्कृत गरे ।

प्रधानसेनापति राजेन्द्र क्षेत्रीसमेत त्रिभुवन आर्मीको खेल हेर्न सिमरा रंगशालामा आइपुगेका थिए । राजधानीबाट सेनाका उच्च अधिकारीसहित आफ्नो टोलीको खेल हेर्न आइपुगेका क्षेत्री पूरै समय खेल हेरेर शनिबारै राजधानी फर्किए ।



विधागत पुरस्कार

सर्वोत्कृष्ट खेलाडी दिनेश हेम्जन (आर्मी)

सर्वाधिक गोलकर्ता दिनेश हेम्जन (३ गोल )

उत्कृष्ट गोलरक्षक विकेश कुथु (आर्मी)

उत्कृष्ट डिफेन्डर विमल पाण्डे (आर्मी)

उत्कृष्ट फरवार्ड जर्ज प्रिन्स कार्की (आर्मी)

उत्कृष्ट मिडफिल्डर नीराजन खड्का (थ्रीस्टार)

फेयर प्ले टिम आयोजक नव जनजागृति क्लब ‘नीलो’

प्रकाशित : फाल्गुन ६, २०७४ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?