युनाइटेडको जितमा लुकाकु नायक

एएफपी

लन्डन — इंग्लिस एफए कपअन्तर्गत शनिबार म्यानचेस्टर युनाइटेडले हडर्सफिल्ड टाउनलाई २-० ले पराजित गरेको छ । युनाइटेडको जितमा दुवै गोल रोमेलु लुकाकुले गरे । उनले खेलको तेस्रो र ५५ औं मिनेटमा गोल गरे ।

युनाइटेडको जितमा लुकाकु नायक

प्रतियोगिताको अन्य खेलमा सेफिल्ड वेडनस्डे र स्वान्सी गोलरहित बराबरीमा रोकिए । साउथह्याम्पटनले वेस्ट ब्रमलाई २-१ ले हराउँदा ब्राइटनले कभेन्ट्रीलाई ३-१ ले पाखा लगायो ।

प्रकाशित : फाल्गुन ६, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?