२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बार्सिलोना अझै अपराजित

एएफपी

म्याड्रिड — स्पेनिस लिगमा अपराजित यात्रालाई कायम राख्दै बार्सिलोनाले शनिबार राति लिगमा एइबारलाई २-० ले पराजित गरेको छ ।

बार्सिलोना अझै अपराजित

लुइस सुआरेजको १६ औं मिनेटको गोलमा अग्रता लिएको बार्सिलोनाका लागि जोर्डी अाल्बाले अन्तिम समयमा गोल गर्दै जित पक्का गरे । बार्सिलोना अंक तालिकामा २४ खेल खेल्दै १० अंकले अगाडि छ ।


शनिबारै अन्तिम १० मिनेटमा दुई गोल गर्दै भ्यालेन्सियाले मालागाको मैदानमा २-१ को जित रच्यो । सेभिल्लाले पनि लास पाल्मासमा २-१ को विजय हासिल गर्‍यो । अलाभेस घरेलु मैदानमा डेपोर्टिभोविरुद्ध १-० ले विजयी रह्यो ।


प्रकाशित : फाल्गुन ६, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?