कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

शंकरनगरलाई सफलता

कान्तिपुर संवाददाता

बुटवल — भैरहवामा जारी नेपाल टेलिकम रूपन्देही जिल्लास्तरीय सुपर लिग क्रिकेटमा आइतबार शंकरनगर क्रिकेट क्लब विजयी भएको छ ।

सिद्धार्थ रंगशालामा आइतबार डिभिजन बीअन्तर्गत खेलमा शंकरनगरले लुम्बिनी कसाई क्रिकेट क्लबलाई १ सय ३१ रनले पराजित गरी ए डिभिजनमा स्थान सुरक्षित गरेको हो । टस जितेको शंकरनगरले ३८.१ ओभरमा अलआउट हुदै २ सय ५१ रन बनाएको थियो । प्रत्युत्तरमा लुम्बिनी कसाईले २६.३ ओभरमा समेटिँदा १ सय २० रनमात्र बटुल्न सक्यो । विजयी टोलीका लागि ५७ रन जोड्दै ३ विकेट लिएका तुलबहादुर थापा म्यान अफ द म्याच भए ।


प्रकाशित : फाल्गुन ७, २०७४ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?