कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नवलपरासीमा चुनाव गर्न आदेश

एन्फा निर्वाचन
नारायण शर्मा

नवलपरासी — उच्च अदालत बुटवलले माघ ४ मा दोस्रो पटक गठन गरिएको जिल्ला फुटबल संघ नवलपरासीको गठन प्रक्रिया अवैध रहेको भन्दै आइतबार संघको पुन: निर्वाचन गराउन आदेश दिएको छ । 

अदालतले नवलपरासीका १४ फुटवल क्लबलाई सहभागी नगराई सेतबहादुर पुनको अध्यक्षतामा गठन गरिएको जिल्ला फुटबल संघ नवलपरासी अवैध रहेकाले अर्को निर्वाचन गर्नू भनी आदेश दिएको हो । एन्फा नवलपरासीमा आवद्ध २९ क्लबमध्ये एमाले निकटका १५ वटा क्लब मात्र सहभागी गराएर गत माघ ४ मा दोस्रोपल्ट सेतबहादुर पुनको अध्यक्षतामा सुटुक्क नवलपरासी फुटबल संघ गठन गरिएको थियो । निलम्बनमा परेका एन्फाका पूर्व अध्यक्ष गणेश थापा निकटस्थले १४ क्लबलाई थाहै नदिई एकलौटी जिल्ला फुटबल संघ गठन गरेका थिए । एकलौटी गठन गरिएको विरुद्ध असन्तुष्ट क्लब पदाधिकारीहरूले उच्च अदालत बुटवलमा मुद्दा दर्ता गराएका थिए ।


यसअघि नै अदालतले सेतबहादुर पुनको विपक्षमा फैसला गर्दै अर्को आदेश नभएसम्म नवलपरासी फुटबलमा कुनै पनि गतिविधि अघि नबढाउनू भन्दै आदेश गरेको थियो ।

सुनवलस्थित मनकामना युवा क्लबका सदस्य धनबहादुर गुरुङले अधिबेशनमा सहभागी हुन नदिइएका १४ क्लबको तर्फबाट दायर गरेको मुद्दामा उच्च अदालतले आइतबार सबैलाई सहभागी गराएर अर्को जिल्ला अधिवेशन गर्नू भन्ने आदेश गरेको हो ।


धनबहादुर पक्षका वकिल गोकर्ण थापाले अदालतका न्यायाधीशद्वय रमेश पोखरेल र नागेन्द्रलाल कर्णको संयुक्त इजलासले यसअघि एकपक्षीय रूपमा गठन भएको जिल्ला फुटबल संघ अवैध रहेको आदेश गरेको हो । तीन साताअघि पनि उच्च अदालतले गरेको फैसलामा जिल्ला फुटबल संघका अध्यक्षसमेतका पदाधिकारी एवं सदस्यले हैसियतले कुनै कार्य नगर्नू नगराउनू भन्दै आन्तरिम आदेश जारी गरेको थियो ।

प्रकाशित : फाल्गुन ७, २०७४ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?