ललित विश्वकप छनोट टोलीमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले जिम्बावेमा हुने विश्वकप छनोट क्रिकेटमा ललितनारायण राजवंशीलाई १५ सदस्यीय टोलीमा समावेश गरेको छ । विश्वकप छनोटका लागि घोषित १५ सदस्यीय नेपाली टोलीको नाम आइतबार विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीले सार्वजनिक गरेको छ । 

ललित विश्वकप छनोट टोलीमा

नामिबियामा बिहीबार सम्पन्न विश्व क्रिकेट लिग डिभिजन डिभिजन २ मा फाइनल पुग्दै नेपाल विश्वकप छनोटमा पुगेको थियो । विश्वकप छनोट मार्च ४ बाट जिम्बावेमा हुनेछ । त्यसबाट शीर्ष दुई टोली विश्वकप पुग्ने छन् ।


नामिबियामा सफलता हात पारेको १४ सदस्यीय टोलीलाई यथावत् राखिएको छ । जिम्बावेको स्पिन ट्रयाकलाई मध्यनजर राख्दै देव्रेहाते स्पिनर ललितलाई नेपाली टोलीमा राखिएको देखिन्छ । नेपाली यू–१९ बाट खेलिसकेका ललित पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका हुन् ।


डिभिजन २ मा नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), दिलीप नाथ (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी, वसन्त रेग्मी, करण केसी, सन्दीप लामिछाने, शक्ति गौचन, अनिल शाह र ललितसिंह भण्डारी थिए । शरद पारिवारिक कारण नामिबियाबाटै अमेरिका लागेका थिए । अर्को साता नेपाली टोली जिम्बावे पुग्नेछ । शरद अमेरिकाबाटै जिम्बावे जानेछन् ।


नेपालको समूहमा आयोजक जिम्बावेसहित अफगानिस्तान, स्कटल्यान्ड र हङकङ छन् । त्यसमध्ये शीर्ष तीन टोली सुपर लिगमा पुग्नेछन् । सुपर लिगमा पुग्न सके नेपालको वान–डे अन्तर्राष्ट्रिय मान्यता निश्चित हुनेछ ।

प्रकाशित : फाल्गुन ७, २०७४ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?