डीपीएललाई श्री एयरको साथ

कान्तिपुर संवाददाता

काठमाडौँ — हवाई क्षेत्रमा स्थापित हुन खोजिरहेको श्री एयरलाइन्स रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो संस्करणमा एयरलाइन्स पार्टनरका रूपमा जोडिएको छ । डीपीएलको दोस्रो संस्करण चैत १७ बाट धनगढीमा सुरु हुनेछ । 

डीपीएललाई श्री एयरको साथ

आइतबार आयोजित कार्यक्रममा डीपीएलको आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) र श्री एयरलाइन्सका अप्रेसन निर्देशक कुन्दन गिरीबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । डीपीएल आधिरकारिक एयरलाइन्स भएवापत श्रीले डीसीएलाई १० लाख रुपैयाँबराबरको सहयोग गर्नेछ, त्यसमा साढे ७ लाख नगद छ ।


‘श्री एयरलाइन्सले डीपीएललाई नयाँ उचाइमा पुर्‍याउने विश्वास हामीले लिएका छौं,’ डीसीएका अध्यक्ष सुवास शाहीले भने, ‘नेपाली क्रिकेटमा नयाँ आयाम थप्ने हिसाबमा भइरहेको डीपीएल बृहत प्रतियोगिता हो, त्यसैले श्री एयरलाइन्सजस्ता हामीलाई धेरै कम्पनीको सहयोगको खाँचो छ ।’ रुस्लान प्रतियोगिताको प्रमुख प्रायोजक हो ।


श्री एयरलाइन्सका गिरीले डीपीएलमा जोडिन पाउनु आफ्नो कम्पनीलाई गौरवको विषय भएको बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पाइरहेको सफलताले हामीलाई पनि क्रिकेटमा आउन प्रेरित गरेको छ ।’ पूर्व क्रिकेट खेलाडी तथा श्री एयरलाइन्सका क्याप्टेन प्रफुल वैद्यले क्रिकेटमा अझै धेरै उन्नति होस र आफ्नो कम्पनीले पनि त्यहीअनुसारको प्रगति गरेमा यसले दुवै पक्षलाई फाइदा पुग्ने जनाए ।


आयोजकले डीपीएलका लागि बुधबार अक्सन गर्ने जनाएको छ । त्यसमा दुई सयभन्दा बढी खेलाडी छनोट गरिएको जनाएको छ । डीपीएल पुरस्कार राशिको हिसाबमा नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता हो । विजेताले २५ लाख र उपविजेताले १० लाख रुपैयाँ पाउने छन् । तेस्रोको भागमा ३ र चौथोको भागमा २ लाख पर्नेछ ।

प्रकाशित : फाल्गुन ७, २०७४ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?