कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

क्रिकेट खेलाडीलाई तीन/तीन लाख दिने सरकारको घोषणा 

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले नामिवियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग प्रतियोगिताका खेलाडी र प्रशिक्षकलाई ३/३ लाख दिने घोषणा गरेको छ । 

क्रिकेट खेलाडीलाई तीन/तीन लाख दिने सरकारको घोषणा 

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेट खेलाडीलाई सम्मान गर्दै उक्त घोषणा गरेका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार खेल क्षेत्रको विकासको सकारात्मक रहेको बताए ।

प्रधानमन्त्रीले घोषणा गरेको उक्त रकम आउँदो शुक्रबार हस्तान्तरण गरिने छ । शनिबार नेपाली खेलाडी वर्ल्डकप क्वालिफायर खेलका लागि जिम्बावे प्रस्थान गर्दैछन् । उनीहरुलाई बिदाइसँगै रकम हस्तान्तरण गरिने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सोही कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले पनि खेलाडी र प्रशिक्षकलाई एक–एक लाख दिने घोषणा गरेका छन् ।


प्रकाशित : फाल्गुन ७, २०७४ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?