चितवनलाई भेट्रान फुटबल

कान्तिपुर संवाददाता

काठमाडौँ — चितवन भेट्रान्सले दोस्रो रुस्लान जावलाखेल कप भेट्रान फुटबल प्रतियोगिता जितेको छ । जावालखेल युथ क्लबको आयोजनामा सोमबार सम्पन्न फाइनलमा चितवनले फ्रेन्ड्स क्लब कुपन्डोललाई ३–० ले हरायो । 

चितवनलाई भेट्रान फुटबल

जावलाखेल फुटबल मैदानमा चितवनलाई उपाधि दिलाउने क्रममा दीपककुमार कार्कीले ६, ९ र ३१ औं मिनेटमा गोल गरेर ह्याट्रिक गरे । चितवनले सेमिफाइनलमा साबिक उपविजेता पोखराको बगर भाइखलक ‘ए’ लाई २–० ले हराउँदा पनि दीपकले २ गोल गरेका थिए । फ्रेन्ड्सले सेमिफाइनलमा साबिक विजेता अभिषेक चर्च नवलपरासीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पन्छायो । निर्धारित समय १–१ हुँदा फ्रेन्ड्सबाट साइँला महर्जन र अभिषेकबाट अर्विन पोखरेलले गोल गरेका थिए । चितवनले १ लाख र फ्रेन्ड्सले ५० हजार रुपैयाँ पाए ।

म्यान अफ द फाइनल चितवनका महेन्द्र खवास, गोलरक्षकमा छन्नुराम चौधरी, मिडफिल्डमा धर्मेन्द्र शाही उत्कृष्ट भए । फ्रेन्ड्सका सुजित केसी उत्कृष्ट रक्षक, हिमालयन शेर्पाका आनन्द गुरुङ उत्कृष्ट स्ट्राइकर र सर्वाधिक स्कोरर चितवनका दीपक भए । इन्डिजिनस फुटबल क्लबले फेयर प्ले अवार्ड पायो । सबैले जनही ५ हजार थापे । उत्कृष्ट खेलाडी चितवनका यामबहादुर गुरुङले १० हजार पाए ।

प्रकाशित : फाल्गुन ८, २०७४ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?