कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आयोजक ‘ए’ लाई हिमालयन गोल्डकप

कान्तिपुर संवाददाता

मलेसिया — मलेसियामा सम्पन्न तेस्रो हिमालयन गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक हिमालयन फुटबल क्लब (एचएफसी) ‘ए’ ले जितेको छ । 

आयोजक ‘ए’ लाई हिमालयन गोल्डकप

तीनदिने प्रतियोगिताको आइतबार फाइनलमा एचएफसी ए र बी टोलीबीच भएको प्रतिस्पर्धामा ए टोली ४–३ ले विजयी भयो । तेस्रो स्थान युनाइटेड फुटबल क्लबले हात पारेको छ । पहिलो, दोस्रो र तेस्रो हुने टोलीले क्रमश: २५ हजार, १० हजार र ५ हजार रिंगिट पुरस्कार पाए ।

उनीहरूलाई नेपाली दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेल, नेपालबाट आमन्त्रित राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पूर्व अध्यक्ष दीपक विष्ट, मदन भण्डारी स्पोर्ट्स क्लबबाट सहभागी खेलाडी एवं आयोजक क्लबका अध्यक्ष सन्तोष कार्की लगायतले पुरस्कृत गरे ।

२२ टिमले भाग लिएको प्रतियोगितामा सर्वाधिक गोलकर्ता हिमालयन ‘बी’ का आशिष लामा, उत्कृष्ट खेलाडी हिमालयन ‘ए’ का राजकुमार कुमाल र प्रशिक्षक चाल्र्स सिदाज समान ५ सय रिंगिटसहित पुरस्कृत भए ।

प्रकाशित : फाल्गुन ८, २०७४ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?