कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता : लोगो र मस्कोट हात्तीको छावा सार्वजनिक

ठाकुरसिंह थारु

नेपालगन्ज — नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कोट हात्तीको छावा सार्वजनिक गरिएको छ । लोगोसँगै प्रतियोगिताको नारा र गीत पनि सार्वजनिक गरिएको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता : लोगो र मस्कोट हात्तीको छावा सार्वजनिक

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले मंगलबार नेपालगन्जमा लोगो, गीत, नारा र मस्कोट सार्वजनिक गरेका हुन् । प्रतियोगिताको नारा ‘आठौं खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ तय गरिएको छ । नारा सदस्य सचिव विष्टले लेखेका हुन् । प्रतियोगितको गीत नारायण खतिवडाले लेखेका हुन् ।


प्रदेश ५ मा बाँके र बर्दिया राष्ट्रिय निकुन्ज रहेकाले पर्यटन प्रवर्द्धनका लागि मस्कोट हात्तीको छावा तय गरिएको सदस्य सचिव विष्टले बताए । उनले लोगोमा शान्तिका दूत गौतम बुद्ध, शान्तिको प्रतीक परेवा, बर्दियाको राष्ट्रिय निकुन्ज ठाकुरद्वारालाई प्रतिविम्बित गरेको जानकारी दिए । लोगो बनाउन लागि राष्ट्रिय खेलकुद परिषद्‍ले सार्वजनिकरुपमा प्रतिस्पर्धा गराएको थियो ।


मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष भीम वलीले प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन व्यापक प्रचारप्रसार भइरहेको बताए । उनले प्रतियोगिताका लागि सार्वजनिक गरिएको लोगोलाई सबै सरकारी निकाय र संघ संस्थालाई प्रचारका लागि प्रयोग गर्न अनुरोध गरिएको जनाए ।

प्रकाशित : फाल्गुन ८, २०७४ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?