१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

करण केसीलाई बागलुङमा सम्मान

प्रकाश बराल

बागलुङ — नेपाली क्रिकेट टिमका सदस्य करण केसीलाई गृह जिल्लामा स्वागत र सम्मान गरिएको छ ।

करण केसीलाई बागलुङमा सम्मान

बागलुङ नगरपालिका, जिल्ला खेलकुद विकास समिति र स्थानीय क्रिकेट खेलाडी समेतले केसीलाई सम्मान गरेका हुन् । बानपा ८ सिगानाको लामिचौर घर भएका २६ वर्षीय केसीले खेलको माध्यमबाट देशकै नाम राख्न सफल भएकोले नगद ५० हजार रुपैयाँ पुरस्कार समेत प्रदान गरेको हो ।


नगर प्रमुख जनकराज पौडेलले उक्त पुरस्कार राशीको चेक मंगलवार हस्तान्तरण गरेका थिए । त्यस अघि पञ्जेबाजा सहितको टोलीले स्वागत गर्दै बजार परिक्रमा पनि गराइएको थियो । केसीसहितको टिमले विश्व क्रिकेट लिग डिभिजन २ को लिग चरणको अन्तिम खेलमा क्यानडालाई पराजित गर्दै नेपाल आइसीसी विश्वकप छनौटमा स्थान बनाएको थियो ।


आइसीसी विश्वकप छनौट खेलका लागि केसी अर्को साता जिम्बावे जाने तयारीमा छन् । बन्दले जनजीवन प्रभावित भैरहेपनि स्वतस्फूर्त रुपमा जुटेका युवाहरुले मोटरसाईकल र्‍यालीसमेत गरेर केसीको स्वागत गरेका थिए ।


सम्मानपछि उनले आगामी खेलमा अझै मेहेनत गर्ने बताए । ‘अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम राख्ने ईच्छा मेरो पनि छ ।’ सबैको साथबाट सफलता पाउन सकिने उनले बताए ।


प्रकाशित : फाल्गुन ८, २०७४ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?