१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सुदूरपश्चिम र पश्चिमाञ्चल भिड्ने

कान्तिपुर संवाददाता

धनगढी — प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको धनगढीमा बुधबार सुरु हुँदै छ । कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजना र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को समन्वयमा फागुन १३ सम्म प्रतियोगिता हुनेछ । प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक बाबुराजा श्रेष्ठले जानकारी गराए ।

बुधबार उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम र पश्चिमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ । सरकारको वार्षिक क्यालेन्डरअनुसार प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको यसपल्टको आयोजना जिम्मेवारी कैलाली जिल्ला खेलकुद विकास समितिलाई दिइएको थियो । करिब ३८ लाख ६३ हजार रुपैयाँ खर्च हुने प्रतियोगितालाई सगरमाथा सिमेन्टले मुख्य प्रायोजन गरेको छ । पाँच विकास क्षेत्र र एपीएफ गरी ६ टोलीको सहभागिता रहनेछ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिता ट्वान्टी–२० संरचनामा खेलाइने छ । विजेताले ५ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार जित्ने छन् ।

प्रकाशित : फाल्गुन ९, २०७४ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?