कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डीपीएल अक्सन आज

कान्तिपुर संवाददाता

काठमाडौँ — धनगढी क्रिकेट एकेडेमी (डीसीए) को आयोजनामा चैत १७ बाट हुने रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को खेलाडी खरिद (अक्सन) कार्यक्रम बुधबार काठमाडौंमा हुँदै छ । ६ टोलीको सहभागिता रहने प्रतियोगिताको अक्सनमा २ सयभन्दा बढी खेलाडीको नाम समावेश गरिने आयोजकले जनाएको छ ।

त्यसमध्ये ७२ खेलाडीमा टोलीहरूले भाउ लगाउने छन् । प्रत्येक टोलीले २ विदेशी खेलाडी पनि अनुबन्धन गर्न पाउँछन् ।

अक्सनका लागि खेलाडीलाई चार श्रेणीमा वर्गीकरण गरिएको छ । ‘ए’ श्रेणीका खेलाडीले राष्ट्रिय टोलीबाट कम्तीमा १५ खेल वा ३ वर्ष खेलेको हुनुपर्नेछ । ‘बी’ श्रेणीमा राष्ट्रिय टोलीका बाँकी खेलाडी, क्याम्पमा परेका र नेपालबाट यू–१९ खेलेका खेलाडी हुनुपर्नेछ । ‘सी’ श्रेणीमा अन्तर्राष्ट्रिय क्रिकेट नखेलेका तथा ‘डी’ श्रेणीमा सुदूरपश्चिमका १ खेलाडी हुनुपर्नेछ ।

‘ए’ श्रेणीका खेलाडीको भाउ १ लाखदेखि सुरु भएर बढीमा १ लाख ५० हजारमा टुंगिनेछ । ‘बी’ श्रेणीको खेलाडीको भाउ ५० हजारबाट सुरु भई १ लाख, ‘सी’ श्रेणीका खेलाडीको भाउ २५ हजारबाट सुरु भई ७५ हजार र ‘डी’ श्रेणीका खेलाडीको भाउ २० हजारबाट सुरु भई ४० हजारमा टुंगिनेछ । १२ खेलाडीका लागि फ्रेन्चाइज टोलीले ११ लाखसम्म खर्च गर्न पाउने नियम छ ।

प्रकाशित : फाल्गुन ९, २०७४ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?