कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

डीपीएल अक्सन [प्रत्यक्ष अपडेट]

काठमाडौँ — धनगढी क्रिकेट एकेडेमी (डीसीए) को आयोजनामा चैत १७ बाट हुने रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो संस्करणको खेलाडी खरिद (अक्सन) कार्यक्रमको प्रत्यक्ष अपडेट ।

डीपीएल अक्सन [प्रत्यक्ष अपडेट]

६ टोलीको सहभागिता रहने प्रतियोगिताको अक्सनमा २ सयभन्दा बढी खेलाडीको नाम समावेश गरिने आयोजकले जनाएको छ। त्यसमध्ये ७२ खेलाडीमा टोलीहरूले भाउ लगाउने छन्। प्रत्येक टोलीले २ विदेशी खेलाडी पनि अनुबन्धन गर्न पाउँछन् ।


अक्सनका लागि खेलाडीलाई चार श्रेणीमा वर्गीकरण गरिएको छ। ‘ए’ श्रेणीका खेलाडीले राष्ट्रिय टोलीबाट कम्तीमा १५ खेल वा ३ वर्ष खेलेको हुनुपर्नेछ। ‘बी’ श्रेणीमा राष्ट्रिय टोलीका बाँकी खेलाडी, क्याम्पमा परेका र नेपालबाट यू–१९ खेलेका खेलाडी हुनुपर्नेछ। ‘सी’ श्रेणीमा अन्तर्राष्ट्रिय क्रिकेट नखेलेका तथा ‘डी’ श्रेणीमा सुदूरपश्चिमका १ खेलाडी हुनुपर्नेछ।


‘ए’ श्रेणीका खेलाडीको भाउ १ लाखदेखि सुरु भएर बढीमा १ लाख ५० हजारमा टुंगिनेछ। ‘बी’ श्रेणीको खेलाडीको भाउ ५० हजारबाट सुरु भई १ लाख, ‘सी’ श्रेणीका खेलाडीको भाउ २५ हजारबाट सुरु भई ७५ हजार र ‘डी’ श्रेणीका खेलाडीको भाउ २० हजारबाट सुरु भई ४० हजारमा टुंगिनेछ। १२ खेलाडीका लागि फ्रेन्चाइज टोलीले ११ लाखसम्म खर्च गर्न पाउने नियम छ।


प्रकाशित : फाल्गुन ९, २०७४ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?