१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

राष्ट्रिय र्‍याफ्टिङ हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल र्‍याफ्टिङ तथा क्यानोइङ संघको आयोजनामा राष्ट्रिय र्‍याफ्टिङ तथा कायक स्लालम च्याम्पियनसिप फागुन १३ देखि १५ सम्म हुने भएको छ ।

छैटौं पर्वतीय खेलकुद महोत्सवअन्तर्गत प्रतियोगिता त्रिशुली नदीको फिस्लिङमा हुनेछ ।

टिम इभेन्ट्सको रूपमा हुने र्‍याफ्टिङमा विजेता टिमलाई सन् २०१८ मा ब्राजिलमा हुने विश्व र्‍याफ्टिङ च्याम्पियनसिपलाई छनोट गरिनेछ भने कायक स्लालम के १ र सी १ मा पहिलो र दोस्रो हुने खेलाडी १८ औं एसियाडलाई छनोट छानिने छन् ।


प्रकाशित : फाल्गुन १०, २०७४ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?