१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सुदूरपश्चिम र एपीएफ विजयी

डीआर पन्त

धनगढी — घरेलु टोली सुदूरपश्चिमाञ्चलले बुधबार धनगढीमा सुरु प्रधानमन्त्री कप महिला क्रिकेटमा विजय प्राप्त गरेको छ । प्रस्तावित फाप्ला क्रिकेट मैदानमा उद्घाटन खेलमा सुदूरले पश्चिमाञ्चललाई ५ विकेटले हरायो । 

सुदूरपश्चिम र एपीएफ विजयी

टस जितेको पश्चिमाञ्चलले राम्रो सुरुआत गर्न सकेन । निर्धारित २० ओभर खेल्दै ९ विकेटमा टोलीले ७३ रनमात्र बनायो । वर्षा रानाले १४ र सरस्वती पुनले १० रनमात्र बनाए । सुदूरकी लक्ष्मी साउदले ३ विकेट लिइन् । उनी वुमन अफ द म्याच घोषित भइन् । कविता जोशीले २, कविता कुँवर, डली भट्ट र सम्झना खड्का समान १ विकेट लिए ।


सुदूरपश्चिमले भने १७.१ ओभरमै ५ विकेट गुमाएर लक्ष्य भेट्यो । विमला भट्टले सर्वाधिक १८, मञ्जु रावलले १२ र रुबी पोदारले ८ रनको योगदान गरे । पश्चिमाञ्चलकी सरस्वती पुनले३ विकेट लिए र वर्षा रानाले १ विकेट लिए ।


अर्को खेलमा विभागीय टोली एपीएफले मध्यपश्चिमाञ्चललाई १० विकेटले हरायो । टस हारेर फिल्डिङ गरेको एपीएफले ३७ रनको लक्ष्य ४.४ ओभरमा पूरा गऱ्यो । ओपनरद्वय ज्योति पाण्डेय र सीता रानामगरको नटआउट साझेदारी महत्वपूर्ण रह्यो । ज्योतिले २५ र सीताले ११ रन जोडे ।


यसअघि मध्यपश्चिमले १८.४ ओभरमा अलआउट हुँदा ३६ रनमात्र जोड्न सक्यो । मध्यपश्चिमका गीता गोसार्इंले १५ रन बनाइन् । अरु धेरैबेर क्रिजमा टिक्न सकेनन् । ६ खेलाडीले खाता खोल्न सकेनन् । एपीएफकी ऋतु कनौजियाले सर्वाधिक ४ विकेट लिइन् । उनी वुमन अफ द म्याच घोषित भइन् । रेखा रावल, सोनु खड्का, गीता राना र अञ्जली चन्दले समान १ विकेट लिए । कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजना भइरहेको प्रतियोगिता फागुन १३ सम्म चल्नेछ ।

प्रकाशित : फाल्गुन १०, २०७४ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?