कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपाधि रक्षाको बाटोमा आर्मी

हेटौंडा गोल्डकप
नगेन्द्र अधिकारी

हेटौंडा — साबिक विजेता त्रिभुवन आर्मी क्लब तेस्रो हेटौंडा गोल्डकप फुटबलको फाइनल पुगेको छ । बुधबार पहिलो सेमिफाइनलमा पहिलो संस्करण च्याम्पियन विजेता मनाङ मस्र्याङदी क्लबलाई १–० ले हराएपछि आर्मी उपाधि रक्षाको अभियानभन्दा एक कदम टाढा छ । दोस्रो संस्करणको फाइनलमा पनि आर्मीले मनाङलाई टाइब्रेकरमा हराएर उपाधि जितेको थियो । 

उपाधि रक्षाको बाटोमा आर्मी

आर्मीको जितमा एकमात्रगोल जर्ज प्रिन्स कार्कीले गरेका थिए । दोस्रो हाफमा कप्तान भरत खवासलाई स्थानान्तरण गरेका उनले अन्तिम मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । मनाङका डिफेन्डरले क्लियर गर्न नसकेको बल नियन्त्रणमा लिँदै जर्ज प्रिन्सले गोलमा परिणत गरे । मनाङका फरवार्ड अञ्जन बिष्ट, विमल रानामगर, पिटर सेगुनले खेलमा उत्कृष्ट मुभहरू बनाउन सकेनन् । आर्मीका फरवार्ड नवयुग श्रेष्ठ, भरत खवासले गरेको प्रहार मनाङका गोलरक्षक विशाल श्रेष्ठले विफल तुल्याइदिएका थिए ।


केही प्रतियोगितामा सुस्त देखिएको आर्मी पुरानै लयमा फर्कने क्रममा छ । यसअघि मदन भण्डारी स्मृति इटहरी गोल्डकप र आहा–रारा गोल्डकपमा सेमिफाइनल पुग्न असफल भएको आर्मी गत साता रुस्लान नवौं सिमरा गोल्डकपको उपाधि जित्दै पुन: लयमा फर्केको हो । वर्षको सर्वाधिक सफल टोली आर्मीले यो सिजन पाँच उपाधि जितिसकेको छ ।


यो वर्ष हेटौंडा गोल्डकप टोलीको १० औं प्रतियोगिता हो । वीरगन्जमा विशाल स्मृति जित्दै अघि बढेको आर्मीले पुसमा सताक्षी गोल्डकप, मेची नेत्रालय गोल्ड हुँदै खप्तड गोल्डकप र सिमरा गोल्डकप जितेको थियो । मनाङ यो वर्ष दुईवटा उपाधिमा सीमित भएको छ । भदौमा जेसिज कप जितेको टोली त्यसपछि दुहबी गोल्डकप च्याम्पियन भएको थियो । आर्मी र मनाङ यसअघि सताक्षी, काँककभिट्टा र दुहबीमा फाइनल भिडेका थिए । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले रणनीतिअनुसार नै खेलेकाले जित पाएको दाबी गरे । पोस्टम्याच कन्फ्रेन्समा मनाङका प्रशिक्षक छिरिङ लोप्साङ सहभागी भएनन् ।


आर्मीले फाइनलमा बिहीबार नेपाल पुलिस र संकटा क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ पुरस्कार जित्ने छन् ।

प्रकाशित : फाल्गुन १०, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?