३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

ओस्टरसन्ड्ससँग आर्सनलको संघर्ष

एएफपी

पेरिस — इंग्लिस टोली आर्सनल घरेलु मैदानमा ग्रीक टोली ओस्टरसन्ड्सले २–१ ले पराजित भए पनि बिहीबार युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

ओस्टरसन्ड्ससँग आर्सनलको संघर्ष

पहिलो हाफमा लगातार दुई गोल गरेपछि ओस्टरसन्ड्सले पहिलो लेगको हारलाई उल्टाउँदै अविश्वसनीय जित हासिल गर्ने सम्भावना उजागर गरेको थियो । तर दोस्रो हाफको सुरुआतमै सियाड कोलासिनाचले गोल गरेपछि आर्सनल समग्रमा ४–२ को जित गर्दै अर्को चरणमा प्रवेश गर्‍यो ।


‘खेलमा २–० को अग्रता बनाउँदा हामीले पनि जित्न सक्छौं भन्ने आशा पलाएको थियो । हामीले राम्रो प्रदर्शन गरेर खेल जित्यौं, जुन कुनै चमत्कारभन्दा कम छैन,’ ओस्टरसन्ड्सका प्रशिक्षक ग्राहम पोटरले भने । गत सात पहिलो लेगमा ३–० को जित दर्ता गरेको आर्सनलको सानो गल्तीको फाइदा उठाउँदै पाहुना टोलीले खेलमा पकड जमाएको थियो ।


समान घोद्दोसको थ्रु–बलमा होसाम आइएसले गोल गर्दै २२ औं मिनेटमा घरेलु समर्थकलाई स्तब्ध पारेका थिए । अग्रता लिएको ६९ मिनेट नबित्दै ओस्टरसन्ड्सले केन सेमाको गोलमा गोलअन्तर दोब्बर पार्‍यो । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै एक गोल फर्काए पनि घरेलु समर्थकले खेलपश्चात निराशा पोखेका थिए ।


आइतबार लिग कपको फाइनलमा म्यानचेस्टर सिटीको सामना गर्ने तयारीमा रहेको आर्सनलसामु थुप्रै प्रश्न खडा भएको छ । ‘हामीले खेलमा पकड बनाउन सकेनौं र प्रदर्शन खराब रह्यो,’ आर्सनलका मिडफिल्डर ज्याक विल्सियरले भने, ‘हामी अर्को चरणमा पुग्नु सुखद रह्यो । अब हामीले आइतबारको खेललाई तयारी सुरु गर्नुपर्छ ।’


मार्सल स्मेल्जरले अन्तिम समयमा बराबरी गोल गरेपछि बोरुसिया डर्टमुन्डले एटलान्टाको घरेलु मैदानमा १–१ को बराबरी खेल्यो । अघिल्लो साता डर्टमुन्ड २–१ ले पछाडि रहेको अवस्थामा मिसी बासुआइले दुई गोल गर्दै घरेलु टोलीलाई ३–२ को जित दिलाएका थिए । बिहीबार स्मेल्जरले खेलको ७ मिनेट समय बाँकी रहँदा गोल गरेपछि अन्तिम १६ मा स्थान बनायो । इटालियन लिगको शीर्षस्थानमा रहेको नेपोलीले अवे मैदानमा २–० को जित दर्ता गरे पनि घरेलु मैदानमा भोगेको ३–१ को पराजयका कारण अन्तिम १६ मा स्थान बनाउन सकेन ।


झडपमा प्रहरीको मृत्यु

युरोपा लिगअन्तर्गत एथ्लेटिक बिल्बाओ र स्पार्टाक मस्कोबिचको खेलमा समर्थकसँगको झडपमा एक प्रहरी अधिकारीको मृत्य भएको छ । स्थानीय प्रहरी र दुवै टोलीका समर्थकबीच झडप हुँदा प्रहरीको ज्यान गएको बास्क प्रहरीका प्रवक्ताले जनाए ।


समर्थकको प्रकृतिका कारण उच्च–जोखिम मानेर खेलमा करिब ५ सय प्रहरी खटाइएको थियो । झडपमा संलग्न ५ समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खेल बिल्बाओले २–१ ले हारे पनि समग्रमा ४–३ को जितसँगै अन्तिम १६ मा स्थान बनाउन सफल रह्यो ।





अन्तिम–१६ का खेलहरू

एसी मिलानविरुद्ध आर्सनल

बोरुसिया डर्टमुन्डविरुद्ध साल्जबर्ग

स्पोर्टिङ लिस्बनविरुद्ध भिक्टोरिया प्लेजन

मार्सेविरुद्ध एथ्लेटिक बिल्बाओ

सीएसकेए मस्कोविरुद्ध लियोन

एटलेटिको म्याड्रिडविरुद्ध लोकोमोटिभ मस्को

आरबी लाइप्जिगविरुद्ध जेनिट सेन्ट पिटर्सबर्ग

लाजियोविरुद्ध डायनामो किभ

प्रकाशित : फाल्गुन १२, २०७४ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?