२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

हेटौंडा गोल्डकपको उपाधि आर्मीलाई 

नगेन्द्र अधिकारी

हेटौंडा — साविक विजेता त्रिभुवन आर्मी क्लबले नै तेस्रो संस्करणको हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबारको फाइनल खेलको निर्धारित समयमा कुनै गोल नभएपछि ट्राइब्रेकरमा नेपाल पुलिसलाई ४–३ ले हराउदै आर्मीले उपाधि जितेको हो ।

हेटौंडा गोल्डकपको उपाधि आर्मीलाई 

वर्षको सर्वाधिक सफल टोली आर्मीको यो छैठौं उपाधि हो । आर्मीको जितमा विकेश कुथु, सन्तोष तामाङ, दिप लामा र विवेक बस्नेतले गोल गरेका थिए । नवयुगले गरेको प्रहार गोलपोस्टमा लागेर बाहिरिएको थियो ।


नेपाल पुलिसका लागि सुमन लामा, अजित राजभण्डारी र दिनेश राजवंशीले गोल गरे । तेज तामाङले प्रहार गरेको बल आर्मीका गोलरक्षक विकेशले बचाए र बुद्ध लामाको प्रहार जाली बाहिर गएको थियो । आर्मीका विकेश कुथु म्यान अफ द म्याच घोषित भए ।


पुलिसका अभिषेक रिजाल उत्कृष्ट फर्वाड, पुलिसकै तेज तामाङ उत्कृष्ट मिडफिल्डर र दिनेश राजवंशी उत्कृष्ट डिफेन्स घोषित भए । आर्मीका विवेक कुथु उत्कृष्ट गोलकिपर र आर्मीकै नवीन न्यौपाने उत्कृष्ट प्रशिक्षक घोषित भए । जनही १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । विजेता टिमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ प्रदान गरियो ।


सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा फागुन ५ गतेबाट हेटौंडा–१० स्थित फरेष्ट्री खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा विभागीय तीनसहित आठ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा ‘ए’ डिभिजन क्लब थ्रीस्टार, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, नेपाल आर्मी, सशस्त्र प्रहरीको एपीएफ, संकटासहित हेटौंडाको बिजय युथ र सुदूरपश्चिम–११ को सहभागिता रहेको थियो ।

प्रकाशित : फाल्गुन १२, २०७४ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?