कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एपीएफ र पूर्वाञ्चल फाइनलमा

प्रधानमन्त्री कप
कान्तिपुर संवाददाता

धनगढी — प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा विभागीय टोली एपीएफ र पूर्वाञ्चलका बीच प्रतिस्पर्धा हुने भएको छ । 

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी प्रतियोगिताको शनिबार भएको सेमिफाइनलमा जित निकाल्दै दुवै टोली आइतबार उपाधिका लागि भिड्ने भएका हुन् ।


सेमिफाइनलमा पूर्वाञ्चलले मध्यमाञ्चललाई ५३ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो भने विभागीय टोली एपीएफले घरेलु टोली सुदूरपश्चिमलाई ८१ रनको फराकिलो अन्तरले हरायो ।


फाइनल खेल आइतबार फाप्ला क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित : फाल्गुन १३, २०७४ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?